National life

यस साता सुनको मुल्यमा एतिहासिक रेकर्ड,किन बढ्दैछ सुनको मूल्य ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२४ चैत २०८०, शनिबार
773Shares
यस साता सुनको मुल्यमा एतिहासिक रेकर्ड,किन बढ्दैछ सुनको मूल्य ?
ncell

काठमाडौँ । यस साता सुनको भाउले लगातार नयाँ कीर्तिमान कायम गरिरहेको छ । नेपाली बजारमा सुनको भाउ यस साता ऐतिहासिक रेकर्डमा पुगेको हो।

बिहीबारका दिन सुन तोलाको एक लाख ३४ हजार रुपैयाँ तोकिएर हालसम्मकै महँगो मूल्यमा कारोबार भएको छ । यसर्थ यस साता सुनको मूल्य बढेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
साताको पहिलो दिन सुन प्रतितोला एक लाख ३० हजार रुपैयाँमा खरिदबिक्री भएको थियो ।

आइतबारको तुलनामा दोस्रो दिन सोमबार पनि मूल्य बढेकोमा मङ्गलवार सामान्य घटेको थियो। यसै गरी, बुधवारदेखि पुनः बढेर बिहीबार हालसम्मकै उच्च अर्थात् प्रतितोला एक लाख ३४ हजार रुपैयाँ पुग्यो। साताको अन्तिम कारोबार भएको दिन शुक्रवार भने मूल्य सामान्य घटेर प्रतितोला एक लाख ३२ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

यो साता नेपाली बजारमा चाँदीको मूल्यले पनि रेकर्ड कायम गरेको छ । साताको दोस्रो दिन सोमबार प्रतितोला एक हजार ५२५ रुपैयाँ कायम रहेको थियो। यो मूल्य पाँचौँ दिन बिहीबार रेकर्ड कायम गर्दै प्रतितोला एक हजार ६५० रुपैयाँमा कारोबार भएको छ । जुन शुक्रवार सामान्य घटेर प्रतितोला एक हजार ६१५ रुपैयाँमा झरेको हो ।

नेपाली बजारमा मात्रै नभएर अन्तर्राष्ट्रिय बजारमा समेत यो साता सुनको भाउले नयाँ रेकर्ड कायम गरेको छ । साताको तेस्रो दिन सामान्य घटेको मूल्य त्यसपछिका दिनमा क्रमशः बढेर साताको पाँचौँ दिन अर्थात् शुक्रवार भने हालसम्मकै उच्च मूल्य कायम भएको छ ।

किन बढ्दैछ सुनको मूल्य ?

विश्व बजारमा सुनको मूल्य बढेसँगै नेपालमा पनि बढ्नु स्वाभाविक नै हो तर यति मात्रै कारण पर्याप्त हुन सक्दैन आखिर किन बढी रहेको छ यसरी सुनको मूल्य भनेर हामीले नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यलाई प्रश्न गरेका छौ ।

अध्यक्ष शाक्यका अनुसार यसबारे बुझ्नका लागि हामीले विश्व बजारमा सुनको मूल्यमा भएको वृद्धिको कारणलाई नियाल्नु पर्ने बताएका छन् ।

रुस र युक्रेनबिचको युद्धको अन्तर्राष्ट्रियस्तरमा परेको प्रभाव , यूएस डलर मजबुत हुनुको साटो झनै कमजोर बन्दै जाँदा सुनको मूल्यमा पर्न गएको प्रत्यक्ष असर , रुस–युक्रेन बिचको लडाई यथावत् रहनु यी सबै यथावत् कारणले सुनको मूल्यमा प्रत्यक्ष प्रभाव पारेको छ । त्यसै गरी विश्व बजारमा देखिएको आर्थिक मन्दीको प्रभाव , रोजगारको अवसर गुम्दै जानु वा दैनिक उपभोग्य बस्तुको मूल्यमा वृद्धि हुनुले समेत सुनको मूल्यमा भूमिका खेलेको हुन्छ ।

बैंक वित्तीय संस्थामा आम मान्छेको विश्वास गुम्दै गएको कारण लगानीकर्ताले आफ्नो सुरक्षित लगानीका लागि सुन रोज्नुको कारणले समेत सुनको मूल्य थप वृद्धि हुँदै गएको मान्न सकिन्छ । अहिलेको समयमा विश्वव्यापी रूपमा रोजगारी दर घटिरहेको छ रोजगार दर घट्ने बित्तिकै आम्दानी समेत घट्न जान्छ आम्दानी घट्दा लगानी गर्ने ठाँउहरु सीमित हुन्छन् । अहिले उद्योगहरूमा लगानी घटिरहेको छ , मजदुरहरू बेरोजगार बनेको अवस्था छ उनीहरुसँग भएको सीमित लगानीको भरपर्दो आधार सुन बनेको छ यस कारणपनी सुनको मूल्यले थप उचाइ लिने आधार निर्माण भएको मान्न सकिन्छ ।

यो समाचार शेयर गर्नुहोस्
773SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?