National life

युक्रेनलाई युद्ध लड्न बेलायतले २.२६ अर्ब पाउण्ड दिने

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१८ फागुन २०८१, आइतबार
798Shares
युक्रेनलाई युद्ध लड्न बेलायतले २.२६ अर्ब पाउण्ड दिने
ncell

काठमाडौं । अमेरिकाका राष्ट्रपति ट्रम्पसँगको बार्ता असफल भएपछी बेलायत पुगेका युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले बेलायतसँग सैन्य सहायताका लागी सम्झौता गरेका छन्। बेलायतका प्रधानमन्त्री कियर स्टार्मर र जेलेन्स्कीबीच भएको भेटवार्तापछि युक्रेनलाई २.२६ अर्ब पाउण्डको सैन्य सहायता गराउने सम्झौता समेत भएको हो ।

ह्वाइटहाउसबाट अपमानित महसुस गरी बाहिरिएका जेलेन्स्कीलाई बेलायतका बेलायतका प्रधानमन्त्री कियर स्टार्मरले स्वागत गरेका थिए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

डाउनिङ स्ट्रिटमा भएको भेटवार्ताका क्रममा स्टार्मरले युक्रेनलाई युनाइटेड किङ्गडमभरिबाट पूर्ण समर्थन रहेको बताएका थिए । अनि जेलेन्स्कीले युक्रेनका यस्ता असल साथीहरु पनि रहेको भन्दै आफूहरु निकै खुसी भएको बताएका थिए ।

बेलायतले युक्रेनलाई २.२६ अर्ब पाउण्ड बराबरको सैन्य सहायता उपलब्ध गराउने र यो रकम बेलायतले रोक्का गरेको रुसी सम्पत्तिबाट भुक्तानी हुने बीबीसीले जनाएको छ । रुसले युक्रेनमाथि आक्रमण गरेपछि बेलायतले रुसी सम्पत्तिमा रोक्का गरेको थियो ।

जेलेन्स्की शनिबार अमेरिका गएका थिए । ह्वाइटहाउसमा राष्ट्रपति ट्रम्प र उपराष्ट्रपति जेडी भान्ससँगको छलफल तनावपूर्ण बनेको थियो । उनीहरुबीच बाझाबाझ भएपछि अमेरिका र युक्रेनबीच हुने भनिएको खनिज सम्झौता रद्द भयो । यो घटनाले युक्रेन-अमेरिका सम्बन्धलाई संकटमा पुर्‍याएको विश्लेषकहरुले बताएका छन् ।

 

यो समाचार शेयर गर्नुहोस्
798SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?