National life

युनाइटेड अजोड इन्स्योरेन्सका सिनियर डेपुटी सिईओ खत्रीले दिए राजिनामा

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०३ फागुन २०८०, बिहिबार
609Shares
युनाइटेड अजोड इन्स्योरेन्सका सिनियर डेपुटी सिईओ खत्रीले दिए राजिनामा
ncell

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्स कम्पनीका सिनियर डेपुटी सिईओ कुमार बहादुर खत्रीले पदबाट राजिनामा दिएका छन् । अजोड इन्स्योरेन्सको स्थापना कालदेखि नै राम्रो कार्यक्षमता प्रस्तुत गरेर सफलताको चर्चा कमाएका खत्रीले राजीनामा दिएका हुन् ।

युनाईटेड अजोड इन्स्योरेन्स मर्जरमा आउँनु अघि उनले अजोड इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) को रुपमा झन्डै दुई कार्यकाल नेत्तृत्व गरेका थिए । तत्कालिन अवस्थामा प्रभु इन्स्योरेन्स र युनाईटेड इन्स्योरेन्सले मर्जरमा जाने तयारी गर्दा खत्री व्याक भएका थिए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
उनले सीईओ नपाएकै कारण उक्त मर्जरलाई धेरै जोड नदिएको बुझिएको थियो । अन्तत युनाईटेड र अजोड इन्स्योेरेन्स एक अपसमा मर्जर जाँदा पनि उनले सीईओ पद भने हात पार्न सकेनन् ।

नेपाल बीमा प्राधिकरणले मर्जर सम्बन्धि विशेष निर्देशन दिँदै मर्जर अघि सीईओ भइसकेका कुनै पनि सीईओको खाईपाई आएको सुविधा नघट्ने व्यवस्था गरेको छ । त्यस्तै, मर्जरपछि नयाँ सीईओ आएमा तत्कालिन सीईओलाई बरिष्ठ डेपुटी सीईओ तोक्ने प्रावधान लागू गरिएको छ । सोही व्यवस्था अनुसार बरिष्ठ डेपुटी सीईओको रुपमा कार्यरत खत्री बाहिरीने मनसायमा पुगेका हुन् । उनले किन पदबाट राजिनामा दिएका हुन् ? भन्ने कारण खुल्न सकेको छैन । खत्रीले राजिनामा दिए पनि संचालक समितिले भने स्वीकृत गर्न बाँकी रहेको युनाईटेड अजोड इन्स्योरेन्सले जानकारी दिएको छ ।

बैंकिङ क्षेत्रको समेत राम्रो अनुभव सँघालेका खत्री नेपालको ठूलो घराना भाटभटेनी समूह निकटका व्यक्ती हुन् । युईनाटेड इन्स्योरेन्स समहूमा चौधरी समूह र अजोड इन्स्योरेन्स भाटभटेनी समूह अन्तर्गत संचालन हुँदै आएका छन् । उक्त दुई कम्पनीको मर्जर खत्रीका लागि भने खासै आकर्षक रहेन ।

यो समाचार शेयर गर्नुहोस्
609SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?