National life

यूनाइटेड अजोड इन्स्योरेन्सको साधारण सभा आज, १० % लाभांश पारित हुँदै

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०६ फागुन २०८०, आइतबार
552Shares
यूनाइटेड अजोड इन्स्योरेन्सको साधारण सभा आज, १० % लाभांश पारित हुँदै
ncell

काठमाडौं। लाभांशको अजेण्डा पारित गर्न यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको वार्षिक साधारण सभा आज आयोजना हुँदैछ । कम्पनीकोे ३० औं वार्षिक साधारण सभा आज काठमाण्डौ शंखमुलमा रहेको अनामोल ब्याङक्वेटमा सभा आयोजना हुँदैछ।

उक्त सभामा आर्थिक वर्ष २०७९/८० का लागि प्रस्ताव गरिएको १०.२६१२ प्रतिशत बोनस सेयर र ०.५४०१ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) वितरणको प्रस्ताव पारित गरिनेछ ।
3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यस्तै, सञ्चालक समितिको तर्फबाट अध्यक्षबाट प्रस्तुत हुने आ।व २०७९/८० को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ। सभामा लेखापरीक्षकको प्रतिवेदन सहितको आ।व २०७९/८० को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवतरण सहित अनुसूचीहरु पारित गरिनेछ। यसैगरी लेखापरीक्षकको नियुक्त गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ।

सभामा सञ्चालक समूह क बाट ३ जना सर्वसाधारण समूह ख बाट २ जना सञ्चालको निर्वाचन गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले आगामी माघ २२ गते एक दिनका लागि बुक क्लोज गरिसकेको छ । यसर्थ माघ २१ गतेसम्म कायम सेयरधनीहरु मात्रै कम्पनीको लाभांश प्राप्त गर्न र सभामा सहभागी हुन योग्य हुनेछन् ।

यो समाचार शेयर गर्नुहोस्
552SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?