National life

रवि लामिछानेलाई आज काठमाडौं ल्याइने,नख्खु कारागारमा सरुवा

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|३१ साउन २०८२, शनिबार
1.4kShares
रवि लामिछानेलाई आज काठमाडौं ल्याइने,नख्खु कारागारमा सरुवा
ncell

काठमाडौं, ३१ साउन । सहकारी ठगी र संगठित अपराध मुद्दामा रूपन्देही कारागारमा थुनामा रहेका रवि लामिछानेलाई आज काठमाडौं ल्याइने भएको छ । सो मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेलाई आज नख्खु कारागारमा सरुवा गरेर ल्याउन लागिएको हो ।

लामिछानेलाई आज दिउँसो ३ः१० बजे बुद्ध एयरको जहाजमार्फत भैरहवा हुँदै काठमाडौं ल्याउन लागिएको बताइएको छ । लामिछानेले कारागार सरुवाका लागि अदालतमा निवेदन दिएका थिए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
निवेदनमा अदालतले मागबमोजिमको आदेश दिए पनि उनको कारागार सरुवामा ढिलासुस्ती गरिएको भन्दै आलोचना भइरहेको थियो । कारागार विभागले हिजो लामिछानेलाई नख्खु कारागारमा सरुवा गर्ने निर्णय गरेको थियो ।

यो समाचार शेयर गर्नुहोस्
1.4kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?