National life

राष्ट्रियसभाबाट पनि पाँच अध्यादेश पारितः प्रतिस्थापन विधेयक ल्याउने बाटो खुल्यो

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२२ फागुन २०८१, बिहिबार
419Shares
राष्ट्रियसभाबाट पनि पाँच अध्यादेश पारितः प्रतिस्थापन विधेयक ल्याउने बाटो खुल्यो
ncell

काठमाडौं। सरकारले जारी गरेको विभिन्न ६ मध्ये पाँच अध्यादेश राष्ट्रियसभाबाट पनि स्वीकृत भएको छ।

आज (बिहीबार) राष्ट्रियसभाको बैठकमा विभिन्न पाँचवटा अध्यादेश निर्णयार्थ पेस भएका थिए। त्यसमधयेमा सबै अध्यादेशहरू राष्ट्रियसभाबाट बहुमतले स्वीकृत गरेको हो ।

सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८१, निजीकरण (पहिलो संशोधन) अध्यादेश, २०८१, आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ र सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ राष्ट्रियसभाबाट स्वीकृत भएको हो।

Royal Enfield
nic asia capital

त्यसअघि उक्त अध्यादेशविरुद्ध परेका विरोधका सूचनाहरू अस्वीकृत भएका थिए। यी अध्यादेश प्रतिनिधिसभाबाट बहुमतले पारित भइसकेका छन्। अध्यादेश संघीय संसदको दुवै सदनबाट पारित भएसँगै प्रतिस्थापन विधेयक ल्याउने बाटो खुलेको छ।

यो समाचार शेयर गर्नुहोस्
419SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?