National life

राष्ट्रिय गौरवको आयोजनामा 'गौरव' हरायो : खर्च १५.४९ प्रतिशतमै सीमित

max lubricant tata
Aarthik voice
Aarthik voice
७ महिना अगाडि|२७ माघ २०८२, मङ्गलबार
1.3kShares
राष्ट्रिय गौरवको आयोजनामा 'गौरव' हरायो : खर्च १५.४९ प्रतिशतमै सीमित
ncell

काठमाडौं। चालु आर्थिक वर्षको पहिलो ६ महिनामा राष्ट्रिय गौरवका आयोजनामा बजेट कार्यान्वयन अत्यन्त कमजोर देखिएको छ। अर्थ मन्त्रालयका अनुसार ६७ अर्ब ८ करोड ६४ लाख रुपैयाँ विनियोजन गरिए पनि समीक्षा अवधिसम्म जम्मा १० अर्ब ३९ करोड ३९ लाख रुपैयाँ मात्रै खर्च भएको छ, जुन कुल विनियोजनको १५.४९ प्रतिशत हो।

चालु आर्थिक वर्षमा रहेका २७ राष्ट्रिय गौरवका आयोजनामध्ये २३ वटा आयोजनाका लागि बजेट छुट्याइएको थियो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
ती आयोजनामा चालुतर्फ ३ अर्ब ४५ करोड २० लाख, पुँजीगततर्फ ६२ अर्ब ४२ करोड ८ लाख र वित्तीय व्यवस्थातर्फ १ अर्ब २१ करोड ३६ लाख रुपैयाँ गरी कुल ६७ अर्ब ८ करोड ६४ लाख रुपैयाँ विनियोजन गरिएको छ।

तर, खर्चको अवस्था भने निराशाजनक देखिएको छ। समीक्षा अवधिसम्म चालुतर्फ ७९ करोड ३४ लाख रुपैयाँ र पुँजीगततर्फ ९ अर्ब ६० करोड ५ लाख रुपैयाँ मात्रै खर्च भएको अर्थ मन्त्रालयले जनाएको छ। यसअनुसार राष्ट्रिय गौरवका आयोजनामा आधा वर्ष बितिसक्दा पनि बजेट खर्च १६ प्रतिशत नाघ्न सकेको छैन।

सरकारले राष्ट्रिय गौरवको सूचीमा राखेका आयोजनामध्ये माथिल्लो तामाकोशी जलविद्युत आयोजना, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल तथा मेलम्ची खानेपानी आयोजना सम्पन्न भई सञ्चालनमा आइसकेका छन्।

पश्चिम सेती जलविद्युत आयोजनाको निर्माण मोडालिटी अझै तय हुने चरणमै रहेको छ भने बाँकी राष्ट्रिय गौरवका आयोजनाहरू कार्यान्वयनकै चरणमा सीमित रहेका छन्। बजेट विनियोजनको अनुपातमा कमजोर कार्यान्वयनले राष्ट्रिय गौरवका आयोजनाको प्रगति र सरकारी खर्च क्षमतामाथि गम्भीर प्रश्न उठाएको छ।

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?