National life

राष्ट्र बैंकको अर्धवार्षिक समीक्षा यसै साता सार्वजनिक हुने तयारीः छैन ठूला परिवर्तनको अपेक्षा

max lubricant tata
Aarthik voice
Aarthik voice
७ महिना अगाडि|१२ फागुन २०८२, मङ्गलबार
999Shares
राष्ट्र बैंकको अर्धवार्षिक समीक्षा यसै साता सार्वजनिक हुने तयारीः छैन ठूला परिवर्तनको अपेक्षा
ncell

काठमाडौँ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा यही साताभित्र सार्वजनिक गर्ने अन्तिम तयारी गरेको छ।

केन्द्रीय बैंकले आफ्नो कानूनी र कार्यविधिक ढाँचालाई पछ्याउँदै, आगामी शुक्रबारसम्म अर्थतन्त्रको वर्तमान अवस्था र आगामी दिशा तय गर्ने महत्त्वपूर्ण प्रतिवेदन बाहिर ल्याउने तयारी गरिरहेको राष्ट्रबैंकले जनाएको छ। ‘मौद्रिक नीति तर्जुमा कार्यविधि, २०७३’ अनुसार हरेक त्रैमास समाप्त भएको ४५ दिनभित्र समीक्षा सार्वजनिक गर्नुपर्ने प्रावधान छ।

यसअनुसार राष्ट्र बैंकले आगामी फागुन १५ गतेभित्र अर्धवार्षिक समीक्षालाई प्रस्तुत गर्ने देखिन्छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
हाल राष्ट्र बैंकको टोली मस्यौदा तयार पार्न र तथ्याङ्कको विश्लेषणमा व्यस्त रहेको जनाएको छ। बैंकिङ क्षेत्रका विशेषज्ञ तथा बैंकरहरूको विश्लेषणअनुसार, यसपटकको समीक्षा ठूला वा क्रान्तिकारी नीतिगत परिवर्तनका लागि नभई, विद्यमान नीतिहरूलाई निरन्तरता दिने र कार्यान्वयनमा जोड दिने रणनीतिमा केन्द्रित हुने सम्भावना बढी छ।

यसअघि नै पहिलो त्रैमासिक समीक्षामा तरलता व्यवस्थापन र ब्याजदर सन्तुलनका केही उपायहरू लागू भइसकेका छन्। आगामी समीक्षा विशेष गरी निजी क्षेत्रको मनोबल र बैंकहरूको लगानी क्षमतामा कस्तो प्रभाव पार्छ भन्नेमा लगानीकर्ताहरूको चासो उच्च रहेको छ। राष्ट्र बैंकले रेमिट्यान्स प्रवाह, वैदेशिक मुद्रा सञ्चिति र कर्जा प्रवाहको अवस्था जस्ता सूचकहरूलाई ध्यानमा राख्दै केही प्राविधिक हेरफेर गर्न सक्ने भए तापनि, ठूलो राहत वा नीतिगत ‘यु–टर्न’को अपेक्षा कमै गरिएको छ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
999SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?