National life

राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त

max lubricant tata
Aarthik voice
Aarthik voice
५ महिना अगाडि|२४ चैत २०८२, मङ्गलबार
1.3kShares
राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त
ncell

काठमाडौं । राष्ट्र बैंकको डेपुटी गभर्नरमा सोही बैंकमा कार्यरत निर्देशक किरण पण्डित नियुक्त भएका छन् ।

मंगलबारको मन्त्रिपरिषद् बैठकले कार्यकारी निर्देशक पण्डितलाई डेपुटी गभर्नरमा नियुक्त गर्ने निर्णय गरेको हो ।

अर्को रिक्त रहेको डेपुटी गभर्नर पदमा भने हालसम्म कुनै नियुक्ति गरिएको छैन। एक कार्यक्रममा अमेरिका जान लागेका गभर्नर विश्वनाथ पौडेलले कार्यबाहक दिनका लागि सहज बनाउने गरी एकजना डेपुटी गभर्नर नियुक्त गरिएको र बाँकी एकजना पछि नियुक्त गरिने स्रोतले बताएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

नेपाल राष्ट्र बैंकमा दुईजना डेपुटी गभर्नरको पद रिक्त थियो । डेपुटी गभर्नर नीलम ढुङ्गाना तिम्सिना र बमबहादुर मिश्रले अवकाश पाएसँगै उक्त पद रिक्त थियो । तीमध्ये एकमा पण्डित नियुक्त भएका हुन् ।

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?