National life

राष्ट्र बैंकद्वारा बैंक तथा वित्तीय संस्थाहरुको कामप्रति चित्त नबुझे गुनासो दर्ता गर्न आग्रह

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|१६ साउन २०८०, मङ्गलबार
460Shares
राष्ट्र बैंकद्वारा बैंक तथा वित्तीय संस्थाहरुको कामप्रति चित्त नबुझे गुनासो दर्ता गर्न आग्रह
ncell

काठमाडाैं । बैंक तथा वित्तीय संस्थाहरुको कामप्रति चित्त नबुझे समयमै गुनासो दर्ता सकिने भएको छ । नेपाल राष्ट्र बैंकले आज वित्तीय चेतनाका लागि एक सूचना प्रकाशित गर्दै वित्तीय संस्थाहरुको कामप्रति चित्त नबुझे गुनासो दर्ता गर्न आम सेवाग्राहीलाई आग्रह गरेको हो ।

‘बैंक तथा वित्तीय संस्थाको कामकारबाहीप्रति कुनै गुनासो भए लहैलहै वा बहकाउमा नलागौँ’, ‘सोको यथोचित व्यवस्थापनका लागि समयमै गुनासो दर्ता गरी स्थापित संस्थागत संरचनाप्रति समस्या समाधानको पहल गर्नुपर्दछ ।’ केन्द्रिय बैंकले प्रकाशित गरेको सूचनामा भनिएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट सबै किसिमका सेवा लिइरहेका वा लिन चाहेका ग्राहकको हित संरक्षणका लागि प्रत्येक संस्थामा गुनासो सुन्ने अधिकारी तोक्नुपर्ने व्यवस्था गरेको छ । यसका लागि केन्द्रीय बैंकमा समेत अलग्गै महाशाखा स्थापना गरिएको छ ।

यस महाशाखाले वित्तीय ग्राहकको गुनासो व्यवस्थापन गर्दै आएको छ ।

 

यो समाचार शेयर गर्नुहोस्
460SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?