National life
cg eloctronics

रास्वपा सभापति लामिछाने विरुद्ध मुद्दा जिल्ला अदालतमा पेश

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०७ पुस २०८१, आइतबार
693Shares
रास्वपा सभापति लामिछाने विरुद्ध मुद्दा जिल्ला अदालतमा पेश
muktinatha bikash bank

काठमाडौँ। सहकारी ठगी प्रकरणमा पक्राउ परेका रास्वपा सभापति रवि लामिछाने विरुद्धको मुद्दा जिल्ला अदालतमा पेश भएको छ ।

जिल्ला न्यायाधिवक्ता कमला काफ्लेले साढे चार सय पेज लामो आरोप पत्र र त्यससँग सम्बन्धित प्रमाण अदालमा पेशमा पेश गरेका हुन् । अहिले जिल्ला अदालतमा त्यसलाई रुजु गर्ने काम भइरहेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3

सहकारी ठगीको आरोपमा कास्की प्रहरीको हिरासतमा रहेका लामिछानेविरुद्ध पनि सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा मुद्दा दर्ता गर्ने तयारी छ । उनलाई आज बिहान जिल्ला अदालतमा उपस्थित गराइएको थियो । जिल्ला प्रहरी कार्यालय कास्कीले यही पुस १ गते सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो। उक्त प्रतिवेदनमा रविसहित जीवी राई लगायतलाई करिब एक अर्ब बिगो मागदावी गर्नुपर्ने राय छ ।

everest bank

पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा मुछिएका रवि कात्तिक ३ गतेदेखि कास्की प्रहरीको हिरासतमा छन् । उनी कात्तिक २ गते काठमाडौँबाट पक्राउ परेका थिए । सूर्य दर्शनकै बचत ठगी प्रकरणमा गत असोज ६ गते पूर्वडिआईजी समेत रहेका छविलाल जोशीलाई काठमाडौँबाट पक्राउ गरेर पोखरा लगिएको थियो भने कात्तिक २ गते रविलाई पक्राउ गरेर रातारात पोखरा लगिएको थियो ।

यो समाचार शेयर गर्नुहोस्
693SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?