National life

रास्वपा सभापति लामिछानेलाई रिहा गर्न चितवन जिल्ला अदालतको आदेश

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२४ माघ २०८१, बिहिबार
680Shares
रास्वपा सभापति लामिछानेलाई रिहा गर्न चितवन जिल्ला अदालतको आदेश
ncell

काठमाडौँ । चितवन जिल्ला अदालतले रास्वपाका सभापति रवि लामिछानेलाई रिहा गर्न आदेश दिएको छ । न्यायाधीश दयाराम ढकालको इजलासले आज साहारा सहकारी ठगीमा प्रकरणमा ५४ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

उनको मुद्दामा सरकारी वकिलको तर्फबाट जिल्ला न्यायाधिवक्ताहरु रवि न्यौपाने, शम्भुकुमार बस्नेत, दशरथ पंगेनी, भोलानाथ निरौला सहायक जिल्ला न्यायाधिवक्ताहरु बुद्धबहादुर थापा र अमृत सुवेदीले बहस गरेका थिए ।

यसैगरी जाहेरवालाहरूका तर्फबाट वरिष्ठ अधिवक्ताहरू डा सुरेन्द्र भण्डारी, दिनेश त्रिपाठी र राजकुमार श्रेष्ठ अधिवक्ताहरु गोपिलाल देवकोटा, रमेश काफ्ले, रामचन्द्र आरसी गौतम र सुनिता अधिकारीले बहस गरेका थिए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

त्यस्तै प्रतिवादी रवि लामिछानेका तर्फबाट वरिष्ठ अधिवक्ताहरू शुशिलकुमार पन्त, जगन्नाथ पौडेल, धर्मराज आचार्य र सुरेन्द्रबहादुर थापा तथा अधिवक्ताहरू रामाचन्द्र देवकोटा र डा नारायणदत्त कंडेलले बहस गरेका थिए ।

यो समाचार शेयर गर्नुहोस्
680SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?