National life

रिलायबल नेपाल लाइफको छैटौं वार्षिक साधारण सभा सम्पन्न

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|०१ असार २०८०, शुक्रबार
636Shares
रिलायबल नेपाल लाइफको छैटौं वार्षिक साधारण सभा सम्पन्न
ncell

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको छैटौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको सभा लिसरा ब्यांकेट ज्ञानेश्वरमा गर्ने जनाएको छ । कम्पनीका अध्यक्ष उदय नेपाली श्रेष्ठको अध्यक्षतामा सभा सम्पन्न भएको हो ।

सभाले लेखापरीक्षकको प्रतिवेदन सहितको २०७९ असार मसान्तसम्मको वासलात तथा सोही मितिमा समाप्त आर्थिक वर्ष २०७८/७९ को नाफा नोक्सान, हिसाब, इक्युटीमा भएको परिवर्तन तथा नगद प्रवाह विवरण सहितका एनएफआरएस सम्बन्धीको वित्तीय विवरण उपर छलफल गरी पारित गरेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

त्यस्तै सभाले संचालक समितिको छैटौं वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गरेको छ ।

कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा ११२ रुपैयाँ प्रिमियम जोडेर प्रतिकित्ता २१२ रुपैयाँमा आइपीओ बिक्री गर्ने प्रस्ताव पनि पारित गरेको छ ।

 

 

 

यो समाचार शेयर गर्नुहोस्
636SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?