National life

रेमिट्यान्स आप्रवाह १० % ले वृद्धि, ९ महिनामा १२ खर्ब बढी भित्रियो

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२८ वैशाख २०८२, आइतबार
623Shares
रेमिट्यान्स आप्रवाह १० % ले वृद्धि, ९ महिनामा १२ खर्ब बढी भित्रियो
ncell

काठमाडौं । चालु आर्थिक वर्षको ९ महिनामा ९ महिनामा १२ खर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार, यस अवधिमा विप्रेषण आप्रवाह १० प्रतिशतले वृद्धि भई ११ खर्ब ९१ अर्ब ३१ करोड रुपैयाँ पुगेको हो ।

जुन गत वर्षको तुलनामा १० बढी रेमिट्यान्स भित्रिएको हो । गत वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १७.२ प्रतिशतले बढेको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
अमेरिकी डलरमा हेर्दा पनि विप्रेषण आप्रवाहमा ७.३ प्रतिशतको वृद्धि भएको छ। हाल यो आप्रवाह ८ अर्ब ७४ करोड डलर पुगेको छ, जबकि अघिल्लो वर्ष यही अवधिमा १५.२ प्रतिशतले वृद्धि भएको थियो।

समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) १३ खर्ब १ अर्ब ९४ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ११ खर्ब ७४ अर्ब ५४ करोड रुपैयाँ रहेको थियो ।

साथै, समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ३ लाख ५८ हजार २२२ र पुनः श्रम स्वीकृति लिनेको संख्या २ लाख ४९ हजार ६५२ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः ३ लाख २७ हजार ८४२ र २ लाख ११ हजार २२६ रहेको थियो ।

यो समाचार शेयर गर्नुहोस्
623SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?