National life

लगातार घटेको शेयर बजारमा आज दोहोरो अंकको वृद्धि, १२ उपसूचकमा हरियाली

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०९ भदौ २०८२, सोमबार
1KShares
लगातार घटेको शेयर बजारमा आज दोहोरो अंकको वृद्धि, १२ उपसूचकमा हरियाली
ncell

काठमाडौँ । साताको दोस्रो कारोबारका दिन शेयर बजारमा दोहोरो अंकको सुधार आएको छ । लामो लगातार गिरावट आएको शेयर बजारको यात्रालाई ब्रेक लाउँदै आज शेयर बजारमा बढोत्तरी आएको हो ।

आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २३.२२ अकंले बढेर २७६३.१८ बिन्दुमा कायम भएको छ।

Royal Enfield
nic asia capital
आज ३१७ कम्पनीको १ करोड ८ लाख ७७ हजार कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ७५ करोड ३२ लाख रुपैयाँको कारोबार भएको हो । शेयर बजारमा बढोत्तरी आए पनि कारोबार रकम भने घटेको हो ।

आज नारायणी डेभलपमेन्ट बैंक र विकास हाइड्रोपावरको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै, आज नेपाल रि इन्स्योरेन्सको ७६ करोड ९६ लाख रुपैयाँ र नेपाल पुनर्बीमा कम्पनीको २३ करोड ३९ लाख रुपैयाँले सर्वाधिक कारोबार भएको छ। साथै, हिमालयन डिस्टीलरीका २० करोड ६६ लाख रुपैयाँ, राधी विद्युतको १७ करोड ७१ लाख रुपैयाँ, छिमेक लघुवित्तको १७ करोड ६५ लाख रुपैयाँको कारोबार भएको हो ।

यस दिन १२ उपसूचकमा हरियाली आएको छ। विकास बैंक समूहको १.१० प्रतिशत, माइक्रो फाइनान्सको १.५९ प्रतिशतले शेयर मूल्य बढेको छ। नेपाल राष्ट बैंकले लघुवित्तमा लगाएको लाभांश सम्बन्धी सीमा १५ प्रतिशतबाट बढाएर २५ प्रतिशत पुराएसँगै माइक्रो फाइनान्समा आज सुधार देखिएको हो ।

यो समाचार शेयर गर्नुहोस्
1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?