National life

लघुबीमाका सीईओहरु बोलाएर सिलवालले भने-व्यवसाय गर्न नसके मर्जरमा जानुस्

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|३१ जेठ २०८१, बिहिबार
1.3kShares
लघुबीमाका सीईओहरु बोलाएर सिलवालले भने-व्यवसाय गर्न नसके मर्जरमा जानुस्
ncell

काठमाडौं । एक वर्ष अघि मात्रै लघु बीमा कम्पनी संचालनको लागि इजाजत अनुमति पत्र (लाइसेन्स) पाएका बीमा कम्पनीहरुको प्रस्तुती अपेक्षाकृत रुपमा फलदायी देखिएको छैन । ठिक यही अवस्थामा एकातिर उनीहरुले आफ्नो कोर व्यवसाय गर्न डराएर शहर केन्द्रित भएका छन् भने अर्कातिर लघु बीमा कम्पनीको उदेश्यलाई प्राप्त गर्ने गरी उनीहरु लाग्नु पर्ने नियामकले सुझाव दिन सुरु गरेको हो ।

गत मंगलबार लघु बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरुलाई बीमा क्षेत्रको नियमनकारी निकाय नेपाल बीमा प्राधिकरणले आफ्नो कार्यालयमा बोलाएको लघु बीमा कम्पनीहरुले जानकारी दिएका छन् । त्यस्तै, आफ्नो व्यवसायीक अवस्थामा प्राधिकरणले असन्तुष्टि जनाएको उनीहरुको आरोप छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
एक लघु बीमा कम्पनीका सीईओले आर्थिक भ्वाईससँगको कुराकानीमा लघु बीमा कम्पनीलाई थप काम गर्न मनोबल बढोस् भन्ने किसिमले प्राधिकरणले अझै उर्जाका साथ काम गर्न सुझाव दिएको बताएका छन् । ती सीईओले बीमा सेवा जनतामा प्रवाह गर्नु नै मुख्य कुरा भएकाले बीमा कम्पनीहरुले चर्को प्रतिस्पर्धा भन्दा पनि साथी साथीको रुपमा मित्रवत व्यवहार गरेर छरिएर रहेका जोखिमहरुको रक्षावरण गर्नु पर्ने बताएका हुन् । त्यस्तै, सोही सीईओका अनुसार प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले लघु बीमा कम्पनीहरुको व्यवसाय हेर्दा तत्काल मर्जरमा गएर व्यवसाय गर्नु पर्ने जस्तो सिनारीयो देखिएको बताएका थिए ।

यता, बीमा प्राधिकरणका अध्यक्ष स्वयम् सिलवालले आफूले मर्जरमा जाने कुरालाई फोकस गरेको भन्दा पनि व्यवसाय गर्नु पर्ने कुरालाई केन्द्रमा राखेर निर्देशन दिएको स्मरण गराए । यद्यपी उनले कुनै पनि कम्पनीले अपेक्षाकृत व्यवसाय गर्न सकेन भने त्यसमा बीमा प्राधिकरणले वाताबरण बनाउँन, सहजिकरण गर्न तथा आफ्नो कोर प्रिन्सिपल नाघेर कसैले काम गर्छ भने त्यस्तो अवस्थामा कारबाही समेत गर्न पछि नहट्ने भाव व्यक्त गरेको दोहोर्याए । सिलवालले कम्पनी मर्जर हुने नहुने कुराभन्दा पनि संचालमा आएको एक वर्षको कार्य अनुभवले लघु बीमा कम्पनीहरुले नयाँ नीति र उत्साहका साथ काम गर्न जरुरी देखिएको बताएका छन् ।

लघु बीमा कम्पनीहरु गाउँ केन्द्रित हुनुको विकल्प छैन

हाल लघु बीमा कम्पनीहरुले आफूहरु शहर केन्द्रित हुनु बाध्यता बनेको खुलाएका छन् । उनीहरुले आफ्नो मुख्य उदेश्य नै विपन्न नागरिक तथा कार्यक्षेत्र ग्रामीण तह भए पनि व्यवसायीक अवस्थाले नै शहरमा रहेको बताए ।

सबैभन्दा पहिला गाउँमा बीमा के हो भन्नेबाट सुरु गर्नु पर्ने, बीमा बुझेकाले बीमा नगर्ने तथा बीमा गर्न चाहनेसँग पैसा नहुनेसम्मका समस्या विद्यमान रहेको लघु बीमा कम्पनीका सीईओहरु सुनाउँछन् । ठिक यही अवस्थामा उनीहरुले नेपाल बीमा प्राधिकरणले लाइसेन्स दिएर जन्म दिए पनि थप कर्म गर्नका लागि आवश्यक बाटो नखुलाएको आरोप लाएका छन् ।

यसरी झ्ट्ट हेर्दा नियाकम निकाय बीमा प्राधिकरणले गहिरो अध्ययन बीमा नै लघु बीमा कम्पनीहरुलाई लाइसेन्स दिएको हो कि भन्ने ठूलो प्रश्न चिन्ह खडा हुन्छ । तर, प्राधिकरण आफै भने सो कुरा स्वीकार गर्न तयार छैन । बीमा प्राधिकरणका अध्यक्ष सिलवाले लघु बीमा कम्पनीहरुले लाइसेन्स दिने बेलामा नै आफूहरुसँग ठूलो बजार रहेको र सोही बजार बिस्तार गर्न लघु बीमा कम्पनीहरु काफी रहेको प्रतिवद्धता व्यक्त गरेको सुनाउछन् ।

संचालमा आएको एक आर्थिक वर्ष पूरा हुने बेलामा नै आत्तिने छुट लघु बीमा कम्पनीहरुलाई छैन । त्यस्तै, उनीहरुलाई संरक्षण गर्दै नेपालमा आएका अन्य ठूला कतिपय कम्पनीहरु जस्तै लघु बीमा कम्पनीहरुलाई संरक्षण गर्नु दायित्व बीमा प्राधिकरणको काँधमा छदै छ ।

केही प्रमुख कार्यकारी अधिकृतहरुले खुलम खुला आफुहरुलाई मर्जरमा लाने उदेश्यका साथ नै लाइसेन्स दिएको र सीईओको कुर्सी थामाएको पनि खुलासा गर्न सुरु गरेका छन् । यस्तो अवस्थामा लघु बीमाले भोलिको दिनमा अब्बल व्यवसाय गर्लान वा थप कमजोर बन्लान् त्यसका लागि अझै थप केही समय कुर्नु पर्ने देखिन्छ ।

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?