National life

लघु निर्जीवन बीमा कम्पनीको बीमाशुल्क आर्जन ८२ करोड बढी, कुनको कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
६ महिना अगाडि|१० चैत २०८२, मङ्गलबार
1.3kShares
लघु निर्जीवन बीमा कम्पनीको बीमाशुल्क आर्जन ८२ करोड बढी, कुनको कति ?
ncell

काठमाडौं। चालू आर्थिक वर्ष २०८२/०८३ को फागुन मसान्तसम्ममा चार लघु निर्जीवन बीमा कम्पनीहरूले  कुल ८२ करोड ५८ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन्।

बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार, प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले सबैभन्दा बढी २२ करोड ८० लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ। त्यसपछि दोस्रो स्थानमा नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेड रहेको छ, जसले २१ करोड ५० लाख रुपैयाँ बराबरको बीमाशुल्क आर्जन गरेको तथ्यांकमा देखिएको छ।

अन्य कम्पनीहरूमा, ट्रष्ट माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले १९ करोड ८६ लाख रुपैयाँ र स्टार माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले १८ करोड ४० लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

बीमालेख वितरणको दृष्टिले पनि प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स अग्रस्थानमा छ, जसले ८७,५१७ बीमालेख जारी गरेको छ। नेपाल माइक्रो इन्स्योरेन्सले ७७,९२१, ट्रष्ट माइक्रो इन्स्योरेन्सले ६०,०४३, र स्टार माइक्रो इन्स्योरेन्सले ८०,४५० बीमालेख जारी गरेको तथ्यांकले देखाउँछ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?