National life

लागूऔषध मुद्दामा सेटिङ मिलाइदिने भन्दै घुससहित प्रहरी वरिष्ठ हवलदार क्षेत्री रङ्गेहात पक्राउ

max lubricant tata
Aarthik voice
Aarthik voice
४ महिना अगाडि|१३ वैशाख २०८३, आइतबार
1.6kShares
लागूऔषध मुद्दामा सेटिङ मिलाइदिने भन्दै घुससहित प्रहरी वरिष्ठ हवलदार क्षेत्री रङ्गेहात पक्राउ
ncell

काठमाडौँ। कास्कीका एक प्रहरी वरिष्ठ हवलदारलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५० हजार रुपैयाँ घुससहित नियन्त्रणमा लिएको छ।

लागूऔषध जस्तो संवेदनशील मुद्दामा सहजीकरण गरिदिने प्रलोभन देखाई सेवाग्राहीसँग घुस मागेको आरोप लागेका कास्की जिल्ला प्रहरी कार्यालयको मुद्दा फाँटमा कार्यरत प्रहरी वरिष्ठ हवलदार विष्णु थापा क्षेत्रीलाई अख्तियारको टोलीले ५० हजार रुपैयाँ घुससहित शनिबार नियन्त्रणमा लिएको हो ।

लागूऔषध मुद्दामा अनुसन्धान प्रक्रियालाई प्रभावित पारी ‘सेटिङ’ मिलाइदिने भन्दै क्षेत्रीले सेवाग्राहीसँग घुस मागेका थिए । सोही सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराबाट खटिएको विशेष टोलीले उनलाई घुस लिइसकेको अवस्थामा रङ्गेहात पक्राउ गरेको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

आयोगका अनुसार पक्राउ परेका क्षेत्रीमाथि थप अनुसन्धान भइरहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
1.6kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?