काठमाण्डौ । गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई लाभांश घोषणा गर्ने पहिलो बैंक बनेको छ माछापुच्छ्रे बैंक । बैंकले शुक्रबार ८ प्रतिशत लाभांशको घोषणा गरेको हो ।
शुक्रबार बसेको बैंक सञ्चालक समितिको बैठकले सेयरधनीका लागि ४ प्रतिशत बोनस सेयर र ४ प्रतिशत नगद लाभांश(कर प्रयोजनसहित) गरी कुल ८ प्रतिशत लाभांश वितरणको घोषणा गरेको हो ।
https://aarthikvoice.com/archives/71308
माछापुच्छ्रे बैंकले देशका हरेक बर्ग र समुदायसम्म बैंकिङ्ग सेवाको पहुँचका लागि नयाँ नयाँ स्थानहरुमा आफ्नो सेवा विस्तार गर्दै आएको छ । नयाँ शाखाहरु मार्फत कर्जा, निक्षेप लगायतका अन्य सम्पूर्ण बैंकिङ्ग सुविधाहरुको साथमा २४ सै घण्टा एटीएम सेवा पनि उपलब्ध गराउदैँ आएको छ ।
https://www.youtube.com/watch?v=7z132FYZ0dA
































