काठमाडौँ । सहकारी ठगी प्रकरणमा हाल थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट निवेदनमाथि आज (शुक्रवार) पनि सुनुवाइ हुँदै छ।
मङ्गलवारदेखि सर्वोच्च अदालतका न्यायाधीश द्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा सुनुवाइ जारी छ। पूर्व गृहमन्त्री लामिछानेसँगै नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीको रिटमा पनि सुवेदी र ढकालको इजलासमा सुनुवाइ चलिरहेको छ ।
अघिल्लो दिन बिहीबार रवि र छविका तर्फका अधिवक्ताहरूको बहस गरिसकेको कारण सरकारी वकिलको बहस पनि सकिएको छ।
शुक्रवार जाहेरवालाको तर्फबाट बहस हुनेछ। त्यसपछि जवाफी बहस हुनेछ।
बटुवलको सुप्रिम सहकारी ठगी प्रकरणमा जिल्ला अदालत रुपन्देहीले लामिछानेलाई धरौटीमा रिहा गरेको थियो । उच्च अदालत बुटवलले जिल्ला अदालतको आदेश उल्टाउँदै पुर्पक्षका लागि थुनामा पठाएको हो ।


































