काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले रवि लामिछानेले ३४ दिन मात्रै गृह मन्त्रालय सम्हाल्दा सबै तस्करहरू नियन्त्रणमा लिन सकेको दाबी गरेका छन्।
सोमबार प्रतिनिधिसभाको बैठकमा सांसद झाले अहिलेका गृहमन्त्रीले कुनै काम गर्न नसकेको समेत आरोप लगाएका छन् । ‘भर्खरै एउटा मिडियामा समाचार आएको छ र त्यसमा लेखिएको छ–जब गृहमन्त्री रवि लामिछाने आए तब सीमाबाट हुने चोरी तस्करी नियन्त्रणमा ठुलो सफलता मिलेको बताउँछन्,’ उनले भने, ‘तर त्यसपछिका गृहमन्त्रीहरू तस्करी नियन्त्रणमा कुनै काम नगरेको बताउँछन्।
यो हो हामीले गर्ने स्टन्ट ।
राष्ट्रिय स्वतन्त्र पार्टीले ३४ दिनमा गरेको गृह मन्त्रालय सम्हाल्दै गर्दा कसरी तस्करी नियन्त्रण गरेका थियौँ भन्ने कुरा स्टन्ट हो’ उनले प्रश्न गरेका छन् । सांसद झाले न्यायालयप्रतिको विश्वास कमजोर हुँदै गइरहेको बताए। उनले न्यायालयले न्याय देला भनेर विश्वास गर्ने ठाउँ कहिँकतै नरहेको बताए।


































