काठमाडौं । साहारा चितवन सहकारी ठगी आरोपमा रवि लामिछाने विरुद्ध आज थुनछेक बहस हुँदै छ। बुधबारबाट बहस नसकिएपछि आज पुनः बहस हुने भएको हो।
उक्त थुनछेक बहस आज बिहान १० बजेबाट बहस सुरु हुनेछ। सरकारी वकिल तथा जाहेरवालाको र विपक्षी प्रतिवादीको तर्फबाट बहस गर्ने भएका छन् ।
बहस नसकिएकाले लामिछानेलाई बुधबार जिल्ला प्रहरी कार्यालय चितवनको न्यायिक हिरासत पठाइएको थियो ।
बुधबार सरकारी वकिल तर्फबाट जिल्ला न्यायाधिवक्ता रवि न्यौपाने र सहायक न्यायाधिवक्ताहरु अमृत सुवेदी, बुद्ध बहादुर थापा र जाहेरवाला बचतकर्ताहरुको तर्फबाट अधिवक्ता रमेश काफ्लेको बहस भएको थियो ।


































