National life

लुम्बिनी विकास कोषका योजना प्रमुख सहित दुईजना विरुद्ध भ्रष्टाचार मुद्दा दायर

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२५ चैत २०८०, आइतबार
646Shares
लुम्बिनी विकास कोषका योजना प्रमुख सहित दुईजना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
ncell

काठमाडौं–अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लुम्बिनी विकास कोषका योजना प्रमुख र अन्य एक विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगले विशेष अदालतमा आाज आइतबार कोषका योजना प्रमुख इन्जिनियर सरोज भट्टराई र उनकी आमालाई मतियारको रुपमा रुपमा मुद्दा दायर गरेको हो।

भट्टराईले पदीय मर्यादा विपरीतका कार्यहरू गरी गैरकानुनी सम्पत्ति आर्जन गरेको भन्ने उजुरीमाथि अनुसन्धानका क्रममा विभिन्न कैफियत देखिएपछि मुद्दा दायर गरिएको अभियोग पत्रमा उल्लेख गरिएको छ।

भट्टराईले आमा जनक नन्दनी भट्टराईको नाममा भक्तपुरको गुण्डुमा २ रोपनी ९ आना एक दाम र दुई आना एक पैसा गरी दुई कित्ता जग्गा खरिद गर्दा बिक्रेताको खातामा जम्मा गरेको रकमको स्रोत खोजी गरिएको आयोगले अभियोग पत्रमा जनाएको छ।

जसअनुसार भट्टराईले उक्त जग्गा खरिद गर्न लुम्बिनी विकास कोषमा ठेक्काको काम गर्ने निर्माण सेवाका प्रोपाइटरसँग घुस माग गरी प्रोपाइटरकै खाताबाट सोझै जग्गा बिक्रेताको खातामा ४० लाख र जग्गा खोजिदिने व्यक्तिको खातामा ४० लाख गरी जम्मा ८० लाख जम्मा गराएको छानबिनबाट देखिएको आयोगले जनाएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

सोही आधारमा भट्टराईलाई ८० लाख रुपैयाँ विगो कायम गरी कैद र बिगो बमोजिम जरिवाना मागदाबीका साथ आयोगले मुद्दा दायर गरेको हो। यस्तै, भट्टराईकी आमा जनक नन्दनीलाई पनि भ्रष्टाचारको मतियार भएको आरोपमा प्रतिवादी बनाउँदै ८० लाख नै बिगो कायम गरी सजाय जरिवाना मागदाबी गरिएको छ।

यो समाचार शेयर गर्नुहोस्
646SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?