National life

वस्तु तथा सेवा निर्यातमा नेपालको सफलता : जेष्ठमा मात्रै झन्डै ३० अर्ब रुपैयाँको निर्यात

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०८ असार २०८२, आइतबार
423Shares
वस्तु तथा सेवा निर्यातमा नेपालको सफलता : जेष्ठमा मात्रै झन्डै ३० अर्ब रुपैयाँको निर्यात
ncell

काठमाडौँ । पछिल्लो समय नेपालको निर्यातमा सुधार देखिएको छ । एक महिनाको अवधिमा मात्रै नेपालले झन्डै ३० अर्ब रुपैयाँ बराबरको वस्तु तथा सेवा निर्यात गरेको छ ।

भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्षको जेठ महिना सम्ममा २ खर्ब ४७ अर्ब ५७ करोड २ लाख १३ हजार रुपैयाँको वस्तु तथा सेवा निर्यात भएको हो । अघिल्लो महिना वैशाख सम्म नेपालको निर्यात २ खर्ब १७ अर्ब १ करोड १० लाख ५९ हजार रुपैयाँ थियो ।

Royal Enfield
nic asia capital

साथै, आयात र निर्यात दुवै बढ्दा व्यापार घाटा चुलिएको छ । चालु आर्थिक वर्षको जेठसम्म नेपालको व्यापार घाटा १३ खर्ब ९७ अर्ब २२ करोड ७३ लाख ७३ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिको व्यापार घाटा १३ खर्ब १४ अर्ब ४४ करोड १८ लाख ५८ हजार रुपैयाँ थियो ।

आर्थिक वर्षको ११ महिनामा नेपालको निर्यात १ खर्ब ३९ अर्ब २६ करोड २३ लाख ३३ हजार रुपैयाँको बराबरको थियो । यो ११ महिनाको अवधिमा १६ खर्ब ४४ अर्ब ७९ करोड ७५ लाख ८६ हजार रुपैयाँको वस्तु तथा सेवा आयात भएको भन्सार विभागले जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
423SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?