National life

वायु प्रदूषण कायम रहदाँ काठमाडौं विश्वकै प्रदूषित सहरको दोस्रो स्थानमा

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०१ फागुन २०८१, बिहिबार
708Shares
वायु प्रदूषण कायम रहदाँ काठमाडौं विश्वकै प्रदूषित सहरको दोस्रो स्थानमा
ncell

काठमाडौँ । आइक्यु एयरकाअनुसार आज काठमाडौँ विश्वकै प्रदूषित सहरको सूचीको दोस्रो स्थानमा पुगेको छ।

विश्वको वायुको गुणस्तरको अवस्था उल्लेख गर्ने पोर्टल बिहीबार काठमाडौँको एक्युआइ (वायुको स्वच्छता सूचकांक) १८३ पुगेको जनाएको छ। जसले काठमाडौँको वायुको अवस्था खराब दर्साएको छ ।

आइक्युर एयरका अनुसार पाकिस्तानको कराँची विश्वको प्रदूषित सहरको सूचीमा पहिलो नम्बरमा छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
चीनको वुहान नेपालपछिको स्थानमा छ भने पाकिस्तानकै लाहोर चौथो नम्बरमा छ।

आज पोखराको एक्युआइ  २४४.२१ पुगेको छ। विपद् पोर्टलकै अनुसार धनगढी, ललितपुरको भैंसेपाटी, भक्तपुर, काठमाडौँको रत्नपार्कको वायुको गुणस्तर कमजोर छ।

एक्युआइ इन्डेक्सअनुसार ०–५० अंक स्वच्छ वायु, ०५१–१०० मध्यम, १०१ देखि १५० अंक संवेदनशील समूहका लागि जोखिमयुक्त र त्यसभन्दा माथिको अंकलाई हानिकारक वायु मानिन्छ।

हिउँद याममा पानी नपर्दा पनि वायु प्रदूषण नघटेको वातावरण विभागले जानकारी दिएको छ। यसका अलावा बन डढेलोका घटना पनि बढेका छन्।

यो समाचार शेयर गर्नुहोस्
708SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?