National life

विकास आयोजनाको गुणस्तर र गति बढाउन समितिमा माग

max lubricant tata
Aarthik voice
Aarthik voice
४ महिना अगाडि|०४ जेठ २०८३, सोमबार
1.4kShares
विकास आयोजनाको गुणस्तर र गति बढाउन समितिमा माग
ncell

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तर्जुमा सम्बन्धमा भएको छलफलमा राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिका सांसदहरूले राष्ट्रिय गौरवका आयोजनाहरूलाई पर्याप्त बजेट सुनिश्चित गरी समयमै सम्पन्न गर्न सरकारलाई आग्रह गरेका छन्।






सिंहदरबारमा बसेको बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तर्जुमा सम्बन्धमा मन्त्रालयका सचिव तथा उच्च अधिकारीहरूसँग छलफल गर्दै सांसदहरूले सडक निर्माणमा गुणस्तर सुधार गर्नुपर्ने र राजमार्ग निर्माण कार्यलाई तीव्रता दिनुपर्ने आवश्यकता औंल्याए।


सांसदहरूले विपन्न वर्गको सुरक्षा, विद्यालयविहीन तथा बस्तीविहीन क्षेत्रमा उचित व्यवस्थापन, सिँचाइ प्रणालीको विस्तार तथा कृषि क्षेत्रलाई आत्मनिर्भर बनाउने योजनामा प्राथमिकता दिनुपर्ने सुझाव दिएका छन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield


बैठकमा पूर्वाधार विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले सडक स्तरोन्नति, सुरक्षा सुधार, वैकल्पिक राजमार्ग विकास तथा शहरी विकास कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरे।


त्यस्तै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयकी सचिव सरिता दवाडीले जलस्रोत संरक्षण, प्रसारण लाइन विस्तार तथा देशभित्रै विद्युत् खपत बढाउने रणनीतिमा काम भइरहेको जानकारी दिइन्।


खानेपानी मन्त्रालयका सचिव विश्वबाबु पुडासैनीले पुराना खानेपानी आयोजना छिटो सम्पन्न गर्न आवश्यक बजेट सुनिश्चित गर्नुपर्ने र त्यसपछि मात्र नयाँ आयोजनालाई प्राथमिकता दिनुपर्ने सुझाव दिएका छन्।






यो समाचार शेयर गर्नुहोस्
1.4kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?