National life

विदेशी मुद्राको सञ्चिति साढे २१ खर्बभन्दा माथि, १६.८ महिनाको वस्तु आयात धान्ने

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२९ असोज २०८१, मङ्गलबार
604Shares
विदेशी मुद्राको सञ्चिति साढे २१ खर्बभन्दा माथि, १६.८ महिनाको वस्तु आयात धान्ने
ncell

काठमाडौँ । विदेशी विनिमय सञ्चिति ५.५ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार भदौ मसान्तसम्म यस्तो सञ्चिति २१ खर्ब ५२ अर्ब ५३ करोड रुपैयाँ पुगेको हो । दुई महिनाअघि असार मसान्तमा विदेशी मुद्राको सञ्चिति २० खर्ब ४१ अर्ब रुपैयाँ रहेको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यसमध्ये नेपाल राष्ट्र बैंकसँग १९ खर्ब २८ अर्ब ९९ करोड पुगेको र बैंक तथा वित्तीय संस्थासँग २ खर्ब २३ अर्ब ५३ करोड रुपैयाँ रहेको बैंकले जानकारी दिएको छ ।

यो सञ्चितिले १६.८ महिनाको वस्तु आयात र १३.७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । आर्थिक वर्ष २०८१र८२ को दुई महिनाको आयातलाई आधार मानेर यस्तो अनुमान गरिएको हो ।

यो सञ्चिति कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातसँग क्रमशः ३७.७ प्रतिशत, ११४.४ प्रतिशत र ३०.८ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
604SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?