National life

विद्यालयका तत्कालीन प्रधानाध्यापकसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१५ फागुन २०८०, मङ्गलबार
686Shares
विद्यालयका तत्कालीन प्रधानाध्यापकसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
ncell

काठमाडौँ । राष्ट्रिय माध्यमिक विद्यालय लौकही, सुनसरीका तत्कालीन प्रधानाध्यापक धनीलाल यादवसहित ४ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।​​

विद्यालयमा अनुपस्थित भएको समयको समेत तलब भत्ता लिएको अभियोगमा यादवसहित अन्य तीनजना ​भोलि यादव, वीरेन्द्रप्रसाद यादव र शिक्षक बालेश्वर यादवविरुद्ध मंगलवार विशेष अदालत काठमाडौँमा मुद्दा दायर भएको आयोगले जनाएको छ ।

आयोगका प्रवक्ता नरहरि घिमिरेले दिएको जानकारी अनुसार विद्यालयका प्राथमिक शिक्षक बालेश्वर यादवले आफू अध्ययन बिदामा बसेको अवधिको समेत तलब भत्ता सुविधा लिएको उजुरी आयोगमा परेको थियो ।

सोही उजुरीका आधारमा अनुसन्धान गर्दा उनले ९१ दिनको फर्जी हाजिरी गरेर १ लाख ३० हजार ८४३ रुपैयाँ तलब भत्ताको लिएको पुष्टि भएको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

आयोगले उनी विरुद्ध हदैसम्मको कैद तथा बिगो बमोजिम जरिवानाको सजायको माग दाबी गरेको छ । यस्तै आयोगले तत्कालीन प्रधानाध्यापकहरू धनीलाल यादव ९हाल अवकाश प्राप्त०, भोलि यादव ९हाल अवकाश प्राप्त० र वीरेन्द्रप्रसाद यादवले पदीय दुरुपयोग गरेर तलब भत्ता दिएकाले मतियार बनाएर मुद्दा दायर गरेको छ ।

आयोगले प्रधानाध्यापकहरू धनीलाल यादवलाई ६४ हजार ९ सय, भोलि यादवलाई ३३ हजार ६१८ र वीरेन्द्रप्रसाद यादवलाई ३२ हजार ३२४ रुपैयाँ बिगो कायम गरी​ मुख्य कसुर दारलाई हुने सजाय बराबरको कैद तथा बिगो बमोजिम जरिवानाको माग दाबी गरेको छ ।

यो समाचार शेयर गर्नुहोस्
686SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?