National life

वैदेशिक रोजगार विभागका नासुविरुद्ध भ्रष्टाचार मुद्दा

max lubricant tata
Aarthik voice
Aarthik voice
४ महिना अगाडि|२५ वैशाख २०८३, शुक्रबार
1.5kShares
वैदेशिक रोजगार विभागका नासुविरुद्ध भ्रष्टाचार मुद्दा
ncell

काठमाडौँ । वैदेशिक रोजगार विभाग, ताहाचलमा कार्यरत नायब सुब्बा हेमबहादुर मस्राङ्गीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोगका अनुसार मस्राङ्गीले वैदेशिक रोजगारसम्बन्धी ठगी मुद्दाको प्रक्रिया सहज बनाइदिने, सेवाग्राहीलाई तारिखमा उपस्थित हुन नपर्ने तथा मुद्दा नचल्ने निर्णय गराइदिने आश्वासन दिँदै १५ हजार रुपैयाँ घुस लिएको पुष्टि भएको छ ।

अख्तियारको टङ्गालस्थित टोलीले उनलाई सेवाग्राहीबाट घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो । त्यसपछि आवश्यक अनुसन्धान पूरा गरी मुद्दा दायर गरिएको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

आयोगले उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार १५ हजार रुपैयाँ बिगो कायम गरी सोही बराबरको जरिवाना र कैद सजायको मागसहित विशेष अदालतमा अभियोगपत्र दायर गरेको जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
1.5kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?