National life

व्यवसायिक प्रतिष्ठानमा व्यापक क्षति : हिल्टनदेखि भाटभटेनीसम्म जले

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२७ भदौ २०८२, शुक्रबार
389Shares
व्यवसायिक प्रतिष्ठानमा व्यापक क्षति : हिल्टनदेखि भाटभटेनीसम्म जले
ncell

काठमाडौं । हालैको आन्दोलनका क्रममा देशभरका प्रमुख व्यवसायिक घराना, सुपरमार्केट, होटल र अटोमोबाइल क्षेत्र लक्षित आक्रमणमा परेपछि खर्बौँ रुपैयाँ बराबरको क्षति भएको छ। निजी लगानीमा बनेका संरचना तथा सम्पत्ति छानिछानी गरेर तोडफोड, लुटपाट र आगजनी गरिएका छन्।

सबैभन्दा ठूलो क्षति काठमाडौंको नक्सालस्थित पाँचतारे हिल्टन होटलमा भएको छ। शंकर समूहले ८ अर्बभन्दा बढी लगानीमा तयार पारेको होटल मंगलबारदेखि बिहीबारसम्म सल्किएको आगोले पूर्णरुपमा नष्ट भएको हो।

Royal Enfield
nic asia capital
केही महिनाअघि मात्रै सञ्चालनमा आएको होटल ध्वस्त भएपछि त्यहाँ कार्यरत सयौँ कर्मचारी बेरोजगार बनेका छन्।

त्यस्तै, चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीको निजी निवास र उद्योगसमेत आक्रमणमा पर्‍यो। सतुंगलस्थित सिजी डिजिटल पार्क, थापाथली र रविभवनको गाडी शोरुममा आगजनी गरियो। उनका निजी गाडीहरू पनि जलाईएका छन्। चौधरीको भाइ बसन्त चौधरीको ठमेलस्थित घरमा समेत तोडफोड गरिएको छ।

भाटभटेनी सुपरमार्केटका देशभरका १२ शाखा भवन पूर्ण रुपमा जलेका छन् भने नौ वटा शाखामा लुटपाट र तोडफोड भएको छ। सीईओ पानु पौडेलका अनुसार, काठमाडौं उपत्यकासहित पोखरा, चितवन, हेटौंडा, विराटनगर, बिर्तामोड, धरानलगायत मुख्य शहरका शाखा पूर्ण क्षतिग्रस्त भएका छन्। करिब १० हजारमध्ये ५ हजारभन्दा बढी कर्मचारी प्रभावित भएका छन्।

[caption id="attachment_73089" align="alignnone" width="2048"] Photo: eKantipur[/caption]

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालको लगानीमा बनेको चन्द्रागिरि र मौलाकाली केबुलकार, पूर्व अध्यक्ष शेखर गोल्छाको सितापाइला घर र दर्जनौँ गाडी, एनआरएनए संस्थापक अध्यक्ष उपेन्द्र महतोको भाटभटेनीस्थित घर, व्यवसायी पवन गोल्यानको गोल्यान टावर र राजेन्द्र बजगाईँको बालुवाटारस्थित वर्णवास होटलमा समेत आक्रमण गरिएको छ।


मिडिया तथा टेलिकम क्षेत्र पनि अछुतो रहेन। एनसेलको लेनचौरस्थित मुख्य कार्यालय, कान्तिपुर मिडिया ग्रुप, अन्नपूर्ण पोष्ट कार्यालय, सञ्चालक रामेश्वर थापाको घर, सिम्रिक एयर भवनमा समेत आगजनी गरिएको छ।


अटोमोबाइल क्षेत्रमा पनि ठूलो क्षति पुगेको नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले जनाएको छ। कम्तीमा १३ ब्रान्डका डिलर र शोरुममा आगजनी तथा तोडफोड हुँदा बिक्रीका लागि राखिएका दर्जनौँ गाडी जलेका छन्। सिप्रदी, लक्ष्मी हुन्डाई, सीजी, महिन्द्रा, सुजुकी, केवाईसीलगायत ब्रान्डका गाडी ध्वस्त भएका छन्।


होटल व्यवसायमा पनि ठूलो आघात परेको छ। हिल्टनसँगै काठमाडौंका ह्यात, वर्णवास र चन्द्रागिरि रिसोर्ट बेस स्टेशन, पोखराका वरपिपल, बगैँचा र सरोवर होटलसमेतमा तोडफोड र आगजनी गरिएको छ। होटल संघ नेपाल (हान) का अनुसार, कम्तीमा दर्जन होटल क्षतिग्रस्त बनेका छन्।


व्यवसायिक घराना, बैंक, अटो, होटलदेखि सुपरमार्केटसम्म भएका यी आक्रमण र आगजनीले निजी क्षेत्रको लगानी मात्र होइन, हजारौँ रोजगारी पनि संकटमा पारेको सरोकारवालाहरूको भनाइ छ।


यो समाचार शेयर गर्नुहोस्
389SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?