National life

शाइन रेसुंगा डेभलपमेन्ट बैंकको नाफा बढ्यो, यस्ताे छ प्रतिसेयर आम्दानी

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|२२ साउन २०८०, सोमबार
546Shares
शाइन रेसुंगा डेभलपमेन्ट बैंकको नाफा बढ्यो, यस्ताे छ प्रतिसेयर आम्दानी
ncell

काठमाडौं । शाइन रेसुंगा डेभलपमेन्ट बैंकको गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा खुद नाफा २१.२९% ले बढेकाे छ । बैंककाे खुद नाफा २१.२९% ले बढेर ७८ करोड ६८ लाख २६ हजार रुपैयाँ पुगेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
अघिल्लो वर्षको यसैअवधिमा यसले ६४ करोड ८७ लाख ७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

एक वर्षको अवधिमा खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुवै बढेकाले खुद नाफा बढ्न सहयोग पुगेको हो ।

खुद ब्याज आम्दानी २६.८७% ले बढेर २ अर्ब १० करोड ९९ लाख ८७ हजार रुपैयाँ पुगेको छ । सञ्चालन नाफा २८.८४% ले बढेर १ अर्ब १३ करोड ३८ लाख २७ हजार रुपैयाँ पुगेको छ ।

असार मसान्तसम्म आइपुग्दा नाफासँगै प्रतिसेयर आम्दानी पनि बढेको छ । प्रतिसेयर आम्दानी १ रुपैयाँ २१ पैसाले बढेर १८ रुपैयाँ ३७ पैसा पुगेको छ ।

यो समाचार शेयर गर्नुहोस्
546SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?