National life

शिक्षकहरूको तलबभत्ता मासिक रूपमै उपलब्ध गराउन स्थानीय तहलाई निर्देशन

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२१ मंसिर २०८१, शुक्रबार
1.2kShares
शिक्षकहरूको तलबभत्ता मासिक रूपमै उपलब्ध गराउन स्थानीय तहलाई निर्देशन
ncell

काठमाडौँ । सरकारले शिक्षकहरूको तलब भत्ता मासिक भुक्तानीको व्यवस्था गर्न स्थानीय तहहरूलाई निर्देशन दिएको छ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको पत्रका आधारमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहहरूलाई यस्तो निर्देशन दिएको हो ।

यसअघि शिक्षा मन्त्रालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई शिक्षा ऐन, नियमावली तथा प्रचलित कानुनले कुनै शिक्षकको मासिक तलब भत्ता रोक्का राख्ने व्यवस्था गरेको अवस्थामा बाहेक शिक्षकले काम गरेबापत पकाएको तलब भत्ता मासिक भुक्तानी गर्ने व्यवस्थाका लागि सबै स्थानीय तहमा परिपत्र गर्न भन्दै पत्र पठाएको थियो ।

शिक्षा मन्त्रालयले गत सोमबार पठाएको पत्र अनुरुप संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहलाई परिपत्र गरेको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षकहरूलाई मासिक रूपमा तलब निकासा गर्न स्थानीय तहहरूमा ताकेता गर्दै आएको थियो ।

[pdf-embedder url="https://aarthikvoice.com/wp-content/uploads/2024/12/Notices-20241206040515822-2.pdf" title="Notices-20241206040515822"]

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?