National life

शिक्षक महासंघ आजबाट पुनः चरणबद्ध आन्दोलनमा, माग पूरा नभए सडक नछोड्ने

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०९ भदौ २०८२, सोमबार
1.2kShares
शिक्षक महासंघ आजबाट पुनः चरणबद्ध आन्दोलनमा, माग पूरा नभए सडक नछोड्ने
ncell

काठमाडौँ। नेपाल शिक्षक महासंघले विद्यालय शिक्षा विधेयक २०८० मा आफ्ना मागहरू सम्बोधन नभएको दाबी गर्दै आज (भदौ ९ गते) देखि देशव्यापी आन्दोलन थालेको छ ।

महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले विधेयकले शिक्षकहरूको सेवा सुविधा, स्थायित्व र अधिकारलाई कमजोर बनाएको भन्दै देशभर आन्दोलनको घोषणा गरेको बताएका छन् । गत वैशाखमा सरकारसँग भएको ९ बुँदे सहमति कार्यान्वयन नभएको भन्दै महासंघ पुनः आन्दोलनमा उत्रिएको हो ।

गत वैशाखमा एक महिनासम्म चलेको आन्दोलन ९ बुँदे सहमतिपछि स्थगित भएको थियो।

Royal Enfield
nic asia capital
तर भदौ ६ मा प्रतिनिधिसभामा पेस भएको विधेयकमा ती सहमति कार्यान्वयन नभएकाले महासंघ पुनः आन्दोलनमा होमिएको अध्यक्ष सुवेदीले बताए।

महासंघले अस्थायी शिक्षकका लागि ७५ प्रतिशत आन्तरिक र २५ प्रतिशत खुला पदपूर्ति, आवधिक बढुवा, म्याद सकिएको अध्यापन अनुमतिपत्रको नवीकरण, विद्यालय कर्मचारी र बाल कक्षा शिक्षकको सेवा, तलब तथा पद सुनिश्चितता, संस्थागत विद्यालयका शिक्षकहरूको सुरक्षा र द्वन्द्वपीडित शिक्षकको उपदान लगायतका माग राखेको छ ।

साथै, शिक्षक दरबन्दी स्थानीय तहमा हस्तान्तरण गर्ने सरकारी निर्णयको पनि विरोध गरेको छ । आन्दोलनको पहिलो चरणमा आज प्रधानमन्त्री, शिक्षामन्त्री र राजनीतिक दलका प्रमुख सचेतकलाई ध्यानाकर्षण गराइने भएको छ । त्यसपछि भदौ ११ देखि २० गतेसम्म राजनीतिक दलका केन्द्रीय कार्यालय, पालिका र जिल्लाहरूमा २ घण्टा धर्ना दिने कार्यक्रम तय भएको छ ।

अध्यक्ष सुवेदीले भदौ २१ गतेदेखि दोस्रो चरणको कडा आन्दोलनका कार्यक्रमहरू घोषणा गर्ने बताएका छन् । उनले शिक्षकहरूको यो आन्दोलन विद्यार्थीको गुणस्तरीय शिक्षा र शिक्षकको सम्मानको लडाइँ भएकोले माग पूरा नभएसम्म आन्दोलन नरोकिने स्पष्ट पारेका छन्।

महासंघले २०७५, २०७८, २०८० र २०८१/८२ मा सरकारसँग भएका सहमति लागू गर्न, अस्थायी शिक्षकका लागि ७५% आन्तरिक र २५% खुला पदपूर्ति (हालको ६०%–४०% को सट्टा), आवधिक बढुवा, म्याद सकिएको अध्यापन अनुमति पत्रको नवीकरण, विद्यालय कर्मचारीको तलब र पद, बाल कक्षा शिक्षकको सेवा, संस्थागत विद्यालयका शिक्षकको सुरक्षा, द्वन्द्वपीडित शिक्षकको उपदान र शिक्षक दरबन्दी स्थानीय तहमा हस्तान्तरणको विरोध गरेको छ।

 

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?