National life

शिक्षा मन्त्रालयको निर्णयः ०७५ सालदेखि रोकिएको कन्सल्टेन्सीको नवीकरण खुला गर्ने

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२८ जेठ २०८१, सोमबार
663Shares
शिक्षा मन्त्रालयको निर्णयः ०७५ सालदेखि रोकिएको कन्सल्टेन्सीको नवीकरण खुला गर्ने
ncell

काठमाडौँ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कन्सल्टेन्सीको नवीकरण खुला गर्ने निर्णय गरेको छ । मन्त्रालयले २०७५ सालदेखि हुन नसकेको नवीकरण स्थलगत अनुगमनका आधारमा खुला गर्ने निर्णय गरेको हो ।

निर्देशिका अनुसार एक हजार ४७३ वटा शैक्षिक परामर्श सेवा, ब्रिज कोर्स, भाषा शिक्षण कक्षा तथा पूर्व तयारी कक्षा सञ्चालन गर्ने गरी दर्ता भएका छन् । ‘शैक्षिक परामर्श सेवा तथा भाषा शिक्षणसम्बन्धी निर्देशिका, २०७३’ बमोजिम संस्था नवीकरण गर्नु पूर्व मन्त्रालयको उच्च शिक्षा महाशाखाको नेतृत्वमा अनिवार्य रूपमा स्थलगत अनुगमन गरिने जनाइएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

२०७५ साल साउन १६ गतेबाट संस्था दर्ता तथा सोका लागि आवेदन, नवीकरण लगायतका कार्यहरू रोकिएको थियो । भने शैक्षिक मेला सञ्चालन गर्न समेत रोक लगाएको थियो। अब नवीकरण भएका संस्थालाई मात्रै शैक्षिक मेला सञ्चालनको अनुमति दिइने मन्त्रालयको जानकारी छ।

विना अनुमति आफूखुसी सञ्चालन भएका शैक्षिक मेलालाई कारबाही गरिने उच्च शिक्षा महाशाखाको भनाई छ। लामो समयदेखि नवीकरण नहुँदा मन्त्रालयले सूचीकृत भएका संस्थाहरूको विवरण, नामसारी तथा ठाउँ सारीको अवस्था, सेवा प्रदान गरेका विद्यार्थीको विवरण प्राप्त गर्न सकेको छैन।

कति वटा संस्थाहरू सञ्चालनमा रहेका तथा सञ्चालनमै रहेका यी सेवाहरूबाट प्राप्त हुने राजस्व समेत अद्यावधिक हुन सकेको थिएन । नवीकरण खुला गर्ने निर्णय गरेसँगै मन्त्रालयले नवीकरणका लागि आवेदन माग गर्नेछ । अनुगमनको मासिक प्रतिवेदन मन्त्रीसमक्ष पेस गर्नुपर्ने निर्णय शिक्षा मन्त्रालयले गरेको छ ।

यो समाचार शेयर गर्नुहोस्
663SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?