काठमाडौं। शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार इन्स्योरेन्सको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा उल्लेख्य बढेको छ।
यस अवधिमा कम्पनीको खुद नाफा १२६.८७ प्रतिशतले बढेर गत आर्थिक वर्षको अन्त्यसम्ममा ५१ करोड ३० लाख रुपैयाँ पुगेको छ ।
यस अवधिमा कम्पनीको खुद आर्जित बीमाशुल्क १३.३२ प्रतिशत र कुल आम्दानी ४.०६ प्रतिशत बढेको छ। सो अवधिमा इन्स्योरेन्सको खुद दाबी भुक्तानी ९.८२ प्रतिशत घटेको छ भने कुल खर्च ४.७४ प्रतिशत घटेको छ।
समिक्षा अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी १० रुपैयाँ ८१ पैसा बढेर १९ रुपैयाँ ३२ पैसा पुगेको छ। सो अवधिसम्ममा कम्पनी को प्रतिशेयर नेटवर्थ २०४ रुपैयाँ ५९ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ३७.४२ गुणा रहेको छ।
यस अवधिमा कम्पनीको विशेष जगेडामा १ अर्ब ७१ करोड रुपैयाँ, महाविपत्ती कोषमा १४ करोड १२ लाख रुपैयाँ, रिटेन्ड अर्निङ्गमा ३१ करोड ५१ लाख रुपैयाँ र अन्य इक्विटीमा ६० करोड १४ लाख रुपैयाँ रहेको छ।

































