National life
cg eloctronics

शिखर इन्स्योरेन्सको नाफामा उछाल,खुद बीमाशुल्क आर्जन १३.३२ % ले बढ्यो

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|३० साउन २०८१, बुधबार
903Shares
शिखर इन्स्योरेन्सको नाफामा उछाल,खुद बीमाशुल्क आर्जन १३.३२ % ले बढ्यो
muktinatha bikash bank

काठमाडौं। शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार इन्स्योरेन्सको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा उल्लेख्य बढेको छ।

यस अवधिमा कम्पनीको खुद नाफा १२६.८७ प्रतिशतले बढेर गत आर्थिक वर्षको अन्त्यसम्ममा ५१ करोड ३० लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यसले २२ करोड ६१ लाख रुपैयाँ नाफा गरेको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3

यस अवधिमा कम्पनीको खुद आर्जित बीमाशुल्क १३.३२ प्रतिशत र कुल आम्दानी ४.०६ प्रतिशत बढेको छ। सो अवधिमा इन्स्योरेन्सको खुद दाबी भुक्तानी ९.८२ प्रतिशत घटेको छ भने कुल खर्च ४.७४ प्रतिशत घटेको छ।

everest bank

समिक्षा अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी १० रुपैयाँ ८१ पैसा बढेर १९ रुपैयाँ ३२ पैसा पुगेको छ। सो अवधिसम्ममा कम्पनी को प्रतिशेयर नेटवर्थ २०४ रुपैयाँ ५९ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ३७.४२ गुणा रहेको छ।

यस अवधिमा कम्पनीको विशेष जगेडामा १ अर्ब ७१ करोड रुपैयाँ, महाविपत्ती कोषमा १४ करोड १२ लाख रुपैयाँ, रिटेन्ड अर्निङ्गमा ३१ करोड ५१ लाख रुपैयाँ र अन्य इक्विटीमा ६० करोड १४ लाख रुपैयाँ रहेको छ।

यो समाचार शेयर गर्नुहोस्
903SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?