National life

शिखर इन्स्योरेन्सको संस्थापक शेयर बिक्री खुला, ३५ दिनभित्र आवेदन दिनुपर्ने

max lubricant tata
Aarthik voice
Aarthik voice
८ महिना अगाडि|२४ पुस २०८२, बिहिबार
1.3kShares
शिखर इन्स्योरेन्सको संस्थापक शेयर बिक्री खुला, ३५ दिनभित्र आवेदन दिनुपर्ने
ncell

काठमाडौं। शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले केही संस्थापक शेयरधनीको स्वामित्वमा रहेको संस्थापक शेयर बिक्रीमा राखेको छ। कम्पनीले संस्थापक समूहअन्तर्गतका केही शेयर बिक्री गर्ने निर्णय गरेको भए पनि हालसम्म बिक्रीमा राखिएको शेयरको संख्या र सम्बन्धित शेयरधनीको विवरण सार्वजनिक गरिएको छैन।

कम्पनीको संस्थापक शेयर बिक्रीसम्बन्धी व्यवस्थाअनुसार पहिलो प्राथमिकता विद्यमान संस्थापक शेयरधनीलाई दिइनेछ। त्यसैले इच्छुक विद्यमान संस्थापक शेयरधनीले मात्र उक्त शेयर खरिदका लागि आवेदन दिन सक्नेछन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

शेयर खरिद गर्न चाहने संस्थापक शेयरधनीले सूचनामा उल्लेख गरिएको मितिदेखि आगामी ३५ दिनभित्र कम्पनीको सचिव कार्यालयमा आवश्यक प्रक्रिया पूरा गरी निवेदन पेश गर्नुपर्नेछ।

तोकिएको समयावधिभित्र विद्यमान संस्थापक शेयरधनीबाट शेयर खरिदका लागि कुनै आवेदन प्राप्त नभएमा ती शेयर सर्वसाधारणलाई बिक्री गर्ने व्यवस्था गरिने कम्पनीले जनाएको छ।

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?