National life

शिखर इन्स्योरेन्सद्वारा छोटो समयमै जेनजी आन्दोलनमा भएको सम्पत्ति क्षतिको ५२%बीमा दाबी भुक्तानी

max lubricant tata
Aarthik voice
Aarthik voice
११ महिना अगाडि|२७ असोज २०८२, सोमबार
1.5kShares
शिखर इन्स्योरेन्सद्वारा छोटो समयमै जेनजी आन्दोलनमा भएको सम्पत्ति क्षतिको ५२%बीमा दाबी भुक्तानी
ncell

काठमाडौं। भदौ २३ र २४ गतेको जेनजी आन्दोलन र सो क्रममा भएको सम्पत्तिमा भएको क्षतिको बीमा दाबी भुक्तानी प्रक्रियालाई शिखर इन्स्योरेन्सले तीव्र पारेको छ ।

घटनालगत्तै राष्ट पुननिर्माणको अभियान घोषणा गर्दै बीमा दाबी भुक्तानी सुरु गरेको शिखर इन्स्योरेन्सले छोटो समयमै कम्पनीमा प्राप्त भएका बीमा दाबीमध्ये ५० प्रतिशतभन्दा बढीको भुक्तानी गरिसकेको छ ।

कम्पनीका अनुसार कुल १७४ बीमितहरुबाट ४३३ वटा बीमा दाबी प्राप्त भएकोमा हालसम्म २२४ वटा बीमा दाबीको रु. ४३ करोड भुक्तान भइसकेको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यसरी हेर्दा शिखर इन्स्योरेन्सले निकै छोटो समयमै भुक्तानी प्रक्रियालाई तीव्र पारी हालसम्म प्राप्त बीमा दाबी संख्याको ५२ प्रतिशत दाबीको भुक्तानी गरेको देखिएको छ ।

https://www.youtube.com/watch?v=7z132FYZ0dA&t=308s

यो कम्पनीमा हालसम्म परेको कुल दाबी रकम २४१ करोड रुपैयाँ रहे पनि कम्पनीको खूद हिस्सा चाहिँ ३७ करोड मात्र रहेको दाबी गरिएको छ । 'कम्पनीले विमितहरुबाट बीमा दाबीका लागि आवश्यक कागजातहरु पूर्ण रुपमा प्राप्त नभएको अवस्थामा समेत भौतिक रुपमा दाबी यकिन गरी क्षतिको प्रकृति अनुरुप सर्भेयरको प्रतिवेदनको आधारमा विमितहरुलाई अग्रिम दाबी भुक्तानी गर्दै आएका छौं ।' कम्पनीले विज्ञप्तिमा भनेको छ-'यस विषम परिस्थितिमा विमितहरुबाट बीमा दाबीका लागि आवश्यक कागजात पेश गर्ने सन्दर्भमा प्रहरी कार्यालयबाट आवश्यक प्रहरी प्रतिवेदन तथा पूर्ण रुपमा जलेर नष्ट भएको मोटरको दर्ता खारेजको प्रमाणपत्र प्राप्त हुन भएको ढिलाइको कारण बीमा दाबीको पूर्ण रुपमा फछ्र्यौट गर्न विलम्व भइरहेको हुँदा सम्बन्धित निकायहरुबाट बीमा दाबीको लागि आवश्यक कागजात सहज रुपमा यथाशिघ्र उपलब्ध गराइदिनुहुन समेत हार्दिक अनुरोध गर्दछौं ।'

दाबी प्रकयालाई सहज र सरल बनाउन कम्पनीबाट सरलिकृत दाबी प्रक्रिया, डिजिटल सेवाका साथै, दाबी सहायता डेस्क र द्रुत अनुगमन सेवा प्रदान भइरहेको छ । यो कम्पनीबाट खटाइएका सर्भेयर तथा कम्पनीका कर्मचारीहरुबाट क्षति मूल्याकंनका लागि ग्राहकहरुलाई प्रत्यक्ष सहजीकरण गर्दै आएको र कम्पनीबाट ग्राहकहरुलाई सरल तथा सहज बीमा सेवा प्रदान गर्ने उद्देश्यसहित ३६५ दिन तथा २४ घण्टा उपलब्ध हुने गरी कल सेन्टर सेवाको समेत सुरुवात गरिसकेको समेत कम्पनीको भनाई छ ।

'बीमा दाबी सम्बन्धमा कम्पनीबाट खटाइएका कुनै सर्भेयरको सेवा सम्बन्धमा केही गुनासो भएमा वा बीमा दाबी सहजीकरणका लागि कम्पनीको सम्बन्धित कर्मचारी वा दाबी विभागमा सम्पर्क गर्नुहुन समेत अनुरोध गर्दछौं । यसका लागि विस्तृत सम्पर्क ठेगााना तथा नम्बरहरु कम्पनीको वेबसाइटमा उल्लेख गरिएको छ ।'-शिखरले आफ्नो विज्ञप्तिमा भनेको छ।

यो समाचार शेयर गर्नुहोस्
1.5kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?