काठमाडौं । साताको तेस्रो कारोबारका दिन आज शेयर बजारमा गिरावट आएको छ । आज सहित शेयर बजारमा लगातार दुई कारोबारका दिन गिरावट आएको हो ।
शेयर बजारमा आज २४.७१ अंकले घटेर २७९७.७४ को विन्दुमा कायम भएको छ ।
सेयर बजारमा गिरावट आउँदा १२ उपसूचक राताम्मै भएको छ । उक्त दिन सिकलेस हाइड्रोपावरको सेयरमा नकरात्मक सर्किट लाएको छ।
साथै, आज सर्वाधिक शेयर मूल्य घट्नेमा माइक्रो फाइनान्स रहेको छ । लघुवित्तको शेयर मूल्य १.५८ प्रतिशतले घटेको हो। त्यस्तै, फाइनान्स समूहको १.२५ प्रतिशत, हाइड्रोपावर समूहको १.१७ प्रतिशत, वाणिज्य बैंक समूहको ०.९१ प्रतिशत र विकास बैंक समूहको ०.५८ प्रतिशतले शेयर मूल्य घटेको छ ।
आज घटेको शेयर बजारमा सबैभन्दा नेपाल रिइन्स्योरेन्स कम्पनीको सेयर सर्वाधिक कारोबार भएको छ । कम्पनीको २७ करोड ७७ लाख ५५ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।
कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको हिमालयन रिइन्स्योरेन्सको २३ करोड ९६ लाख ८७ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।
भने लुम्बिनी विकास बैंकको २० करोड २६ लाख ४२ हजार रुपैंया, शिभम् सिमेन्ट्सको २० करोड ६ लाख ४३ हजार रुपैयाँ, बुटवल पावर कम्पनीको १९ करोड ६० लाख ७९ हजार रुपैयाँको कारोबार भएको हो।


































