काठमाडौँ । सातको पहिलो कारोबारका दिन आज शेयर बजारमा गिरावट आएको छ । पछिल्लो केही कारोबार यता शेयर बजारमा निरन्तर ओरालो आएको हो ।
नियामक निकायले शेयर बजारलाई प्राथमिकता दिँदै आइरहेको भए पनि अब लगानीकर्ताले प्रतिफल खोजी रहेका छन् । नीतिगत अस्थिरताको चेपुवामा परेको मार्केट मौद्रिक नीति कुरेर बसेको छ ।
नेपाल स्टक एक्सेचञ्ज ५.३७ अकंले घटेर २०६२.९४ बिन्दुमा बन्द भएको छ । बजार गिरावट आएपनि कारोबार रकममा भने सामान्य सुधार देखिएको छ्। आइतबार ३१७ कम्पनीको ९५ लाख ६१ हजार ७२७ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ३७ करोड ४५ लाख ९७ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।
यस दिन १० उपसूचक राताम्य भएका छन् । यस दिन बैंकिङ समूहको ०.४० प्रतिशत, विकास बैंक समूहको ०.१० प्रतिशत, होटल तथा पर्यटन समूहको १.१० प्रतिशतले शेयर मूल्य ओरालो लागेको छ ।

































