काठमाडौँ । यस साताको चौथो कारोबारका दिन आज शेयर बजारमा सामान्य अंकको गिरावट आएको छ । यस साता भएको तीन कारोबारका दिन नै शेयर बजारमा लगातार गिरावट आएको छ ।
आज नेप्से परिसूचक ५.२८ अंकले घटेर २७९०.९५ को बिन्दुमा कायम भएको छ।
आज वाणिज्य बैंक समूहको ०.५९ प्रतिशत, होटल तथा पर्यटन समूहको ०.६२ प्रतिशत, हाइडोपावर समूहको ०.२१ प्रतिशतले घटेको छ । साथै, आज कुल ६ अर्ब १६ करोड १८ लाख रुपैयाँको मात्र कारोबार भएको छ। जसमा बलेफी हाइड्रोपावरको ३४ करोड ११ लाख रुपैयाँसहित सर्वाधिक कारोबार भएको छ।
सेयर बजारमा गिरावट आउँदा सात उपसूचक राताम्मै भएको छ । उक्त दिन केबिएल डिबेञ्चर २०८६को सेयर मूल्य सर्वाधिक घटेको छ। कम्पनीको सेयर मूल्य प्रतिकित्ता ९.४८ प्रतिशतले घटेको हो । त्यसैगरी सिक्लेस हाइड्रोपावरको ७.२२ प्रतिशत, बलेफी हाइड्रोपावरको ३.४५ प्रतिशतले सेयर मूल्य घटेको छ ।


































