काठमाडौँ। लगातार रूपमा तीन कारोबार दिनसम्म गिरावट आएको शेयर बजारमा आज मंगलबार सुधार आएको छ । यस दिन नेप्से सूचक २४.५० विन्दुले बढेर २६५७.७७ अंकमा आएको छ ।
आज शेयर बजारमा ९ अर्ब ४० करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ भने ६ वटा कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएका छन् । यस दिन विकास बैंक र फाइनान्सका शेयर धनीहरूले सर्वाधिक कमाएका छन् ।
आज विकास बैंकको ४.०७ प्रतिशत र फाइनान्स समूहको १.८८ प्रतिशतले शेयर मूल्य बढेको हो । मंगलबार ११७ कम्पनीको शेयर मूल्य बढेको छ भने ६० कम्पनीको घटेको छ । यस दिन १३ वटै उपसूचकमा हरियाली आएको छ ।
आज बैंकिङ ०.२२, फाइनान्स १.८८, होटल तथा पर्यटन ०.६८, हाइड्रोपावर १.४९, लगानी १, जीवन बीमा ०.०८, उत्पादन १.२३, माइक्रोफाइनान्स ०.४८, निर्जीवन बीमा ०.२८, अन्य १.७४ र व्यापार ०.२४ प्रतिशत बढेको छ ।
































