National life

शेर्पा समुदायले आज २१५२औँ ग्याल्पो ल्होसार मनाउँदै, देशभर सार्वजनिक बिदा

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१६ फागुन २०८१, शुक्रबार
443Shares
शेर्पा समुदायले आज २१५२औँ ग्याल्पो ल्होसार मनाउँदै, देशभर सार्वजनिक बिदा
ncell

काठमाडौँ । हरेक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले मनाउने सांस्कृतिक पर्व ग्याल्पो ल्होसार विविध आज विविध कार्यक्रम आयोजना गरी आज मनाइँदै छ।

शेर्पा समुदायले आज नयाँ वर्षका रूपमा २१५२औँ ग्याल्पो ल्होसार मनाउन लागेका हुन्। मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह गरी १२ वर्गमा ग्याल्पो ल्होसारलाई विभाजन गरिएको छ।

ग्याल्पो ल्होसार फागुन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म विविध कार्यक्रम आयोजना गरी भव्य रूपमा मनाइन्छ।

Royal Enfield
nic asia capital

ग्याल्पो ल्होसार भोटका नवौँ राजा उदे गुङ्ग्यालका पालादेखि वसन्त पर्वका नामले मनाउन सुरु गरिएको मानिँदै आएको छ।

यो ल्होसारलाई कसैले ग्याल्पो र कसैले ग्याल्बो उच्चारण गर्ने गरेका छन्। विगतमा हिमाली क्षेत्रका १२ जिल्लामा मनाइने ग्याल्पो ल्होसार हाल २२ जिल्लामा मनाइन्छ। शेर्पा जातिको बसाइसराइसँगै यो पर्व मनाउने जिल्ला बढेको हो।

पुस १५ मा गुरुङ समुदायले तमु र माघ शुक्ल प्रतिपदाका दिन तामाङ समुदायले पनि सोनाम ल्होसारका नाममा यो पर्व मनाइसकेका छन्। ग्याल्पो ल्होसारको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ । आज बैंक वित्तीय संस्था र शेयर बजार साथै सरकारी कार्यालय बन्द हुनेछन् ।

यो समाचार शेयर गर्नुहोस्
443SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?