National life

शौर्य सिमेन्ट र अन्नपूर्ण केबलकारले आईपीओ निष्काशन गर्ने

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२० पुस २०८०, शुक्रबार
529Shares
शौर्य सिमेन्ट र अन्नपूर्ण केबलकारले आईपीओ निष्काशन गर्ने
ncell

काठमाडौं । शौर्य सिमेन्ट इन्डस्ट्रिज लिमिटेड र अन्नपूर्ण केबलकारले आईपीओ निष्काशन गर्ने भएको छ । शौर्य सिमेन्ट र अन्नपूर्ण केबलकारले आईपीओ निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्ड (सेबोन)मा आवेदन दिएका हुन् ।

शौर्य सिमेन्टले अंकित मूल्य १०० रुपैयाँमा १६४.५१ रुपैयाँ प्रिमियम थप गरेर प्रतिकित्ता २६४.५१ रुपैयाँ सेयर जारी गर्न अनुमति मागेको हो ।

Royal Enfield
nic asia capital
कम्पनीले १ करोड ५९ लाख ८१ लाख ५०० कित्ता सेयर बिक्री गर्न अनुमति मागेको हो । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ रहेको छ ।

त्यस्तै, अन्नपूर्ण केबलकारले १०० रुपैयाँ अंकित मूल्यमा ३१ लाख कित्ता सेयर बिक्री गर्न अनुमति मागेको छ । कम्पनीले कुल ३१ करोड रुपैयाँ बराबरको सेयर बिक्री गर्न अनुमति मागेको हो ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ । योसँगै, बोर्डले अनुमति प्रदान गरेमा यी २ कम्पनीलाई आईपीओ जारी गर्न बाटो खुल्ने छ ।

यो समाचार शेयर गर्नुहोस्
529SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?