National life

श्रम स्वीकृति पाएका नेपालीले भारतीय विमानस्थल हुँदै गए एनओसी आवश्यक नपर्ने

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२६ कात्तिक २०८१, सोमबार
569Shares
श्रम स्वीकृति पाएका नेपालीले भारतीय विमानस्थल हुँदै गए एनओसी आवश्यक नपर्ने
ncell

काठमाडौँ। श्रम स्वीकृति बाकी रहेका नेपाली नागरिकहरूलाई भारतीय विमानस्थल हुँदै श्रम गन्तव्य मुलुक जानका लागि एनओसी आवश्यक नपर्ने भएको छ ।

दिल्लीस्थित नेपाली राजदूतावासले आज एक सूचना जारी गर्दै साउदी अरब, कतार, कुवेत, संयुक्त अरब इमिरेट्स, ओमान, बहराइन, इराक, लिबिया र लेबनान जाँदा यस दूतावासबाट एनओसी लिनुपर्ने तर वैदेशिक श्रम स्वीकृति लिएका नेपाली नागरिकहरूलाई भने एनओसी आवश्यक नपर्ने जनाएको छ ।

अमेरिका, बेलायत तथा सेनजेन मुलुकको भिसा भएका नेपाली नागरिकहरूलाई पनि एनओसी चाहिने छैन भने रुस सरकारबाट छात्रवृत्ति प्राप्त गर्ने र व्यावसायिक भिसा हुनेहरू बाहेक रसिया जाने यात्रुहरूले भने दूतावास वा नेपालको कन्सुलर सेवा विभागबाट एनओसी प्राप्त गर्नुपर्ने छ ।

त्यसैगरी, नेपाली कूटनीतिक र आधिकारिकर सेवा राहदानी धारकहरू, संयुक्त राष्ट्र संघ लायसेज(पासर ९यूएनएलपी० भएका नेपाली नागरिकहरू र १६ वर्ष मुनिका नेपाली नाबालिगहरूलाई समेत एनओसी आवश्यक नपर्ने सूचनामा उल्लेख छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

ट्राभल एनओसी आवश्यक पर्ने नेपाली नागरिकहरूलाई इमेलमार्फत दूतावासको वेबसाइटमा उल्लेख गरिएका सबै आवश्यक कागजातहरू सहित तोकिएको मितिभन्दा कम्तीमा सात दिन अगाडि सम्पर्क गर्न दूतावासले अनुरोध गरेको छ ।

यो समाचार शेयर गर्नुहोस्
569SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?