काठमाडौँ। संसदमा सत्ता पक्ष र विपक्षीबिच धकेलाधकेल भएको छ ।
उक्त हो-हल्ला र धकेलाधकेलको बिचबाट अर्थमन्त्री वर्षमान पुनले प्रतिनिधि सभा बैठकमा आर्थिक सर्वेक्षण र सार्वजनिक संस्थानको वार्षिक समीक्षा पेश गरेका छन्।
अर्थमन्त्री पुनले आफ्नो आसनबाट उठेर रोष्ट्रमतर्फ अघि बढ्दै गर्दा विपक्षी दलका सांसहरुले घेरा हालेर उनलाई रोकेका थिए । सत्ता पक्षकै सांसद र मर्यादा पालकहरुको सहयोगमा मन्त्री पुन रोष्टममा पुगेर वार्षिक समीक्षा पेश गरेका छन् ।


































