काठमाडौं । संसद अधिवेशन शुरु हुनासाथ राष्ट्रिय स्वतन्त्र पार्टीले उठेर विरोध जनाएको छ।
बैठक सुरु हुनासाथ रास्वपाका सांसदहरुले उठेर विरोध जनाएका हुन्। सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढ्न लाग्दा रास्वपा सांसदहरुले उठेर विरोध जनाएका हुन् ।
रास्वपाले सभापति रवि लामिछानेलाई सांसद पदबाट कानून विपरित निलम्बन गरेको भन्दै रास्वपाले विरोध जनाउने निर्णय गरेको थियो।
कार्यसूचीमा प्रवेश नगर्दै आसनबाट उठेर विरोध गरेका रास्वपाका सांसदहरूले सभा नै बहिस्कार गरेका छन् । सभामुखले उनीहरूलाई आसन ग्रहण गर्न पहिला अनुरोध र त्यसपछि आदेश गर्दा समेत नमानेपछि अवरोधकैबिच सभामुख घिमिरेले राष्ट्रपतिबाट प्राप्त पत्रहरू पढेर सुनाएका छन् ।
सभामुखले राष्ट्रपतिको पत्र पढ्दै गर्दा रास्वपा सांसदहरूले होहल्ला गरेका हुन्। त्यसपछि उनीहरू बैठक छाडेर बहिस्कार भन्दै संसद् निस्केका छन् ।
अन्ततः प्रतिनिधि सभा बैठक बहिष्कार गरेका राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद करिब आधा घण्टापछि बैठक कक्षमा प्रवेश गरेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष समय लिएर बैठकलाई सम्बोधन गरिरहेको समयमा रास्वपाका सांसद बैठक कक्षमा प्रवेश गरेका हुन् ।
































