National life
cg eloctronics

सगरमाथा लुम्बिनी इन्सुरेन्सको खुद नाफा १६ %ले वृद्धि ,अन्य सूचक कस्ता ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२९ माघ २०८०, सोमबार
816Shares

काठमाडौं । सगरमाथा लुम्बिनी इन्सुरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीले यस अवधिमा २० करोड ८ लाख ५४ हजार रुपैयाँ खुद नाफा कमाएको छ। जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १५.९७ प्रतिशतले बढी हो ।गत वर्षको यसै अवधिमा कम्पनीले १७ करोड ३१ लाख ९० हजार रुपैयाँ नाफा कमाएको थियो ।

muktinatha bikash bank

यस अवधिमा कम्पनीको कर्जा तथा लगानीबाट आम्दानी १७.०७% ले बढेर २० करोड ६३ लाख ५० हजार रुपैयाँ पुगेको छ । यस्तै , कम्पनीको खुद बिमा शुल्क आर्जन ४.३२% ले बढेर ७९ करोड ५९ लाख ३९ हजार रुपैयाँ पुगेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3

समिक्षा अवधिमा कम्पनीको चुक्ता पुँजी २ अर्ब ६२ करोड २६ लाख ३८ हजार रुपैयाँ पुगेको छ । प्रतिसेयर आम्दानी भने ७.७९ रुपैयाँले घटेर १५.३२ रुपैयाँ कायम भएको छ । गत वर्ष प्रतिसेयर आम्दानी २३.११ रुपैयाँ रहेको थियो । यसको प्रतिसेयर नेटवर्थ २३२.४५ रुपैयाँ छ ।

everest bank
यो समाचार शेयर गर्नुहोस्
816SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?