National life

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको खुद नाफा २७ प्रतिशतले वृद्धि,प्रति शेयर आम्दानी कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|३१ साउन २०८०, बुधबार
1.2kShares
सगरमाथा लुम्बिनी इन्स्योरेन्सको खुद नाफा २७ प्रतिशतले वृद्धि,प्रति शेयर आम्दानी कति ?
ncell

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०७९/८० को चौथो त्रैमासिक वित्तिय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीले  ४५ करोड ८२ लाख ६३ हजार मुनाफा आर्जन गर्न सफल भएको छ । जुन अघिल्लो आवको भन्दा २२ दशमलव २७ प्रतिशतले वृद्धिले बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३७ करोड ४८ लाख रुपैयाँ खुद नाफा गरेको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

समिक्षा अबधिमा कम्पनीको बीमा कोष ९० दशमलव १० प्रतिशतले बढेको छ । बीमा कोषमा २ अर्ब २८ करोड रुपैयाँ जम्मा भएको छ । अघिल्लो वर्षको यहि अवधिमा बीमा कोषमा १ अर्ब २० करोड रुपैयाँ थियो । त्यस्तै जगेडा कोष ११६ प्रतिशतले वृद्धि हुँदै ९१ करोड ३२ लाख पुगेको छ ।

समिक्षा अवधिमा कम्पनीले खुद बीमा शुल्क १ अर्ब ५२ करोड रुपैयाँ आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको यहि अवधिसम्म खुद बीमा शुल्क आर्जन १ अर्ब ३२ करोड थियो । कम्पनीले गत आर्थिक वर्ष १ अर्ब ११ करोड रुपैयाँको खुद दाबी भुक्तानी गरेको छ ।

गत आर्थिक वर्षमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले व्यवस्थापन खर्च बापत ४९ करोड रुपैयाँ खर्च गरेको छ । कम्पनीले लगानी, कर्जा तथा अन्य आय बापत करिब ८० करोड रुपैयाँ आम्दानी गर्न सफल भएको छ ।

कम्पनीको चुक्ता पुँजि दुई अर्ब ६२ करोड पुगेको छ । प्रकाशित विवरण अनुसार कम्पनीको २७ प्रतिशतले वृद्धि २२८ रुपैयाँ ९२ पैसा रहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?