National life

सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको)ले बीमाशुल्क आर्जनमा पहिलो बन्दै मार्यो छलाङ्ग

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|१२ भदौ २०८०, मङ्गलबार
428Shares
सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको)ले बीमाशुल्क आर्जनमा पहिलो बन्दै मार्यो छलाङ्ग
ncell

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को साउन महिनामा निर्जिवन बीमा कम्पनीहरुले ३ अर्ब ९८ करोड ५९ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्। नेपाल बीमा प्राधिकरणको तथ्याङक अनुसार २ लाख १३ हजार ८२८ वटा बीमालेख विक्री गरी ३ अर्ब ९८ करोड ५९ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका हुन् ।

निर्जिवन बीमा कम्पनीहरु मध्ये साउन महिनामा सबैभन्दा धेरै सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी (सलिको) ले सर्वाधिक प्रिमियम संंकलन गरेको छ । यस अवधिमा कम्पनीले २४ हजार ४८० वटा बीमालेख जारी गरी कूल ५५ करोड १५ लाख रुपैयाँ ५५ करोड १५ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
जुन गत आवको भन्दा १० प्रतिशतले बढी हो।

अघिल्लो आवको साउन महिनामा ४९ करोड ९७ लाख रुपैयाँको व्यवसाय गरेको सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी (सलिको) ले यस आवमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले ५५ करोड १५ लाख रुपैयाँ कूल बीमा शुल्क संकलन गरेर प्रथम हुन पुगेको छ ।

त्यसैगरी सिद्धार्थ प्रिमियरले ४२ करोड ५० लाख रुपैयाँबराबर व्यवसाय गरेको छ । हिमालयन एभरेस्ट इस्योरेन्स कम्पनीले ३४ करोड ३७ लाख, शिखर इन्स्योरेन्स कम्पनीले ३३ करोड ६८ लाख, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्से ३० करोड ४० लाख, राष्ट्रिय बीमा कम्पनी २९ करोड ४४ लाख, युनाइटेड अजोड २६ करोड ४६ लाख र प्रभु इन्स्योरेन्सले २५ करोड ६ लाख रुपैयाँबराबर व्यवसाय गरेका छन् ।

त्यस्तै नेको इन्स्योरेन्सले २४ करोड ९८ लाख, एनएलजी इन्स्योरेन्स २४ करोड ८ लाख, दि ओरिएन्टल इन्स्योरेन्स २० करोड ७२ लाख, नेसनल इन्स्योरेन्स १९ करोड ६० लाख, सानिमा जिआइसी १७ करोड ८८ लाख र नेपाल इन्स्योरेन्स कम्पनीले १४ करोड १९ लाख रुपैयाँबराबरको व्यवसाय गरेको छ ।

 

यो समाचार शेयर गर्नुहोस्
428SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?